बहुमतका युवा नेता अभिनास कुवर गिरफ्तार, महासचिव कञ्चनद्धारा रिहाईको माग

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का युवा नेता अभिनास कुवरलाई प्रहरीले गिरफ्तार गरेको छ ।

पार्टी महासचिव धर्मेन्द्र बास्तोला ‘कञ्चन’ले बिहिवार एक प्रेस वक्तव्य जारी गर्दै नेता अभिनासलाई गिरफ्तार गरेर प्रहरीले मानव अधिकारको गम्भीर उलंघन सहित मानिसको स्वतन्त्रतापूर्वक बाँच्न पाउने अधिकारको हनन गरिएको बताएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को महाधिवेशन आयोजक समिति सदस्य कमरेड किशोर कुँवर (अविनाश) लाई यहि मिति साउन २३ गतेका दिन पार्टीको पत्रकार सम्मेलन सकेर निवास फर्किने क्रममा गोकर्णेश्वर न.पा. को नयाँबस्तीबाट सादा पोशाकमा रहेका आफुलाई प्रहरी बताउने पाँच/छ जनाको समुहद्वारा अभद्र व्यवहार सहित हातपात गर्दै गिरफ्‌तार गरिएको घटनाप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको महासचिव बास्तोलाद्धारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

प्रहरीद्वारा मानव अधिकारको गम्भीर उलंघन सहित मानिसको स्वतन्त्रतापूर्वक बाँच्न पाउने अधिकारको हनन गरिएको बताउदैँ महासचिव बास्तोलाले हरेक नागरिकको आफ्‌नो राजनीतिक आस्थाका आधारमा गतिविधी गर्न पाउने अधिकार माथी प्रहार गर्दै बिना कुनै तथ्य, प्रमाण र आधारमा पक्राउपुर्जी नदिई राजनीतिक पुर्वाग्रहबाट प्रेरित भई गरिएको गिरफ्तारी प्रति घोर निन्दा एवं भत्सर्ना प्रकट गरेका छन् ।

महासचिव बास्तोलाले विनाकारण गिरफ्तार गरिएका युवा नेता अविनाशलाई यथाशिघ्र स-सम्मान रिहाइको लागी जोडदार माग गर्दै पार्टीले अगाडी बढाएको समाजवाद स्थापनाको आन्दोलनलाई असफल पार्न यस खालका षड्यन्त्र नगर्न हामी सरकारलाई चेतावनी समेत दिएका छन् ।

यस्तो छ प्रेस वक्तव्य