बदलिदो राजनितिक परिस्थिति र हाम्रो भूमिका

यतिबेला देशको राजनितिक परस्थिति बदलिएको छ । हामी माओवादी केन्द्रका कार्यकर्ताहरुको अबको दायित्व र भुमिका पनि बदलिने निश्चत छ । एउटा तप्का संबिधान माथि हमला गर्ने तयारीमा जुटिरहेछन भने एउटा शक्तिको काँधमा गणतन्त्रको उपलब्धी संबिधान बचाउनु पर्ने अवस्था सिंजना भएको छ । हुनत संबिधानमा प्रदत्त नागरिकका सम्पुर्ण अधिकारहरुलाइ सस्थागत रुपमा बिकास गराउन हाम्रो पार्टी माओबादी केन्द्र भित्र रहेको गलत चिन्तन र प्रवृत्तिका विरुद्ध आफुलाइ सशक्त बनाउनुको साथै राष्ट्रियता र जनजिविकाका निम्ति बैचारिक लडाइ लड्नु र भिन्न परिवेश भिन्न मोर्चामा अर्को खालको बैचारिक लडाइलाइ तिब्रता प्रदान गर्नु हो ।

यो परिबेशले यतिबेला भित्र बाहिर दुबैतर्फ तिर हान्ने अवस्था र्सिजना गरेको छ । पार्टी बर्ग भुलेर सत्ताको आहलमा डुबेको चरम नव सामन्तबादी तप्का र पार्टीलाई जिउँदो बनाउन अहोरात्र खटने नेता कार्यकर्ताबिच आन्तरीक संघर्ष गर्नुपर्ने बाध्यता खट्कीरहेको छ ।

बैचारिक लडाइका क्रममा सयौं चुनौतीहरु आउन सक्छन ति चुनौतीहरुको सामना गर्दै महान सम्भावनालाइ चुम्न सक्नु आजको युगिन दायित्व हो।
महान सम्भावना र गम्भीर चुनौतिको मोडमा उभिएको निवर्तमान राजनीतिक घडिमा दुइ दुइ पटक संसद विघटन गरेर आफ्नो सर्भसत्ताबादलाइ हाबि गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल सहितको ब्यबस्था भएको यो संविधान र सिमान्तकृतबर्गका अधिकारहरुलाइ लिपिबद्द गरेको यो बिधान बिपरित देशमा स्थिरता नचाहिनेहरुको एउटा समुह जबर्जस्त रूपमा आफ्नो ब्यक्तिगत फाइदाका लागि काम गर्न लागिपरेको हामिले देखिरहेकाछौ र यसको मार हामिले भोक्दै आएका पनि छौ ।

 

अर्को तिर संबिधानको रक्षाका निम्ति देशमा स्थिरता चहाने र देशलाइ अग्रगामी दिशा निर्देश गर्नु पर्छ भन्ने मुल्य र मान्यता बोकेका राजनीतिक दल नागरिक समाज कानुनी व्यावसायि संचार कर्मि लगायत आम नेपाली जनता सडकमा उत्रिनु परेको थियो फल स्वरुप कानुनी हिसाबले नै संसदको पुनस्थापना भएको थियो । तै पनि संसद पुनस्थापन हुनुपर्छ र हुनुहुदैन भन्ने बिचारहरुको बिचमा ठुलो बहस लामो समय सम्म चलिरहेको कुरा हामीलाई अबगत छ। त्यो अवस्थाको अन्त्य हुनु नपाउदै हाम्रो देश नेपालले फेरि अर्को गम्भीर चुनौती पुर्ण र जटिल अवस्थामा प्रवेश गरेको थियो । त्यो चुनौती र लडाइ ःऋऋ समर्थक र ःऋऋ बिरोधिहरु बिचको । तत्कालीन अबस्थामा नेपाली कांग्रेस र माओवादी केन्द्रको बिचको गठबन्धनको सरकार रहेता पनि सरकारकै बिचमा पनि ठुलो मतभेद उत्पन्न भैरहेको कुरा हामिलाई थाहाछ।

एकातिर देउवा सरकार mअअ पास गर्न विभिन्न जालहरु थापि रहेको थियो भने अर्को तिर त्यहि सरकारमा रहेको माओवादी केन्द्र पास गर्न नदिने कोसिसमा आन्दोलनमा सहभागी भयो । यी यस्ता सयौ राष्ट्रघाती जन बिरोधि दलहरुका विरुद्ध हाम्रो पार्टीले बिरोध गर्दै आएको कुरा जनताले बुझेका छन र बुझाउनु पर्ने हाम्रो दाइत्व र भुमिका हो ।

फेरि पनि हाम्रो पार्टी र हाम्रो बिचमा अर्को चुनौतीले प्रवेश गर्दैछ। संबिधान विरोधी देश बेचुवा घुसखोर दलाल भ्रष्टाचारिहरुलाई बचाउने उदेश्य सहित यिनको नेतृत्व गर्ने दलहरु बिच सहमतिको षड्यन्त्र भैरहेको कुरा विभिन्न संचार मिडिया पत्रपत्रिका यत्रतत्र सर्वत्र सुनी रहेका देखि रहेका र भोगी रहेका छौ।
त्यसैले यो कठिन घडिमा यो षडयन्त्र बिरुद्ध माओवादी पार्टीका कार्यकर्ता हुनुको हैसियतले जस्तोसुकै मुल्य चुकाउनु परे पनि पछि नहट्ने हाम्रो साझा प्रतिबद्धता हो र हुनुपर्छ । किनकि बिगतको इतिहासमा यस्ता गलत सन्धि सम्झौता गर्नाले त्यसको असर आज नेपाली जनताले भोग्नु परेको तितो अनुभुति हामि संग ताजै छ ।

तसर्थ इतिहास नयाँ बन्न सक्छ तर इतिहास कहिले पनि मर्दैन इतिहास अध्ययन को बिषय मात्र होइन नयाँ काम सुरुवात गर्न सिकाइको पाठ पनि हो ।
इतिहास घटनाक्रमहरुको श्रृङखला मात्र होइन त्यसको सहि संश्लेषण पनि हो । नेपाली जनताका निम्ति कालो दिनका रुपमा कोरिएका इतिहासको हामि संधै घोर बिरोध गर्दछौ यस्ता कुख्यात इतिहास लेख्न प्रयास गर्ने कुनै पनि ब्यक्ति सरकार दल जो होस त्यसको तीब्र प्रतिकार गर्नु हाम्रो धर्म हो ।
अन्याय अत्याचार का विरुद्धमा बन्दुक बोकि राजतन्त्र को अन्त्य गरेका हामी कसै संग झुक्दैनौ ।

त्यसैमा पनि बिगत जनयुद्धको आदर्श र बिरता पुर्ण कथाको स्मृतिले हमिलाइ निरन्तर सर्बहाराबर्गिय मुल्य र मान्यता सहित संधै अगाडि बढ्ने प्रेरणा दिन्छ जिउदो इतिहासलाइ पछ्याउदै हजारौं सहिदहरुको अधुरो सपना पुरा गर्ने लक्ष्य संगै संर्घषका परम आनन्दमय ति दिनहरुको सम्झनालाइ प्रेरणा र उर्जा बनाउदै बर्तमान क्रान्तिको यात्रा फेरिएका मोर्चाहरुमा भीषण र निर्मम लडाइ पनि जारि छ । यति बेला नेपाली समाज र राष्ट्र अर्को संकटकालिन अबस्थामा गुर्जिरहेको छ । त्यसैले हाम्रो संर्घषका स्वरुप फेरिएका छन । हिजोको महान जनयुद्ध र जनआन्दोलन कारण नेपालमा राजतन्त्रको बिधिवत समाप्त भइ संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको स्थापना भएको यो मुलुकमा यहाँ सरकार मात्रै फेरिदैन राष्ट्रघाति संकट पनि फेरिएर आइरहन्छन । तसर्थ हाम्रो आजको अभिभारा भनेको बिगतको भयानक मृत्यु संगको संर्घष र सहकार्यबाट प्राप्त उपलब्धिहरुको रक्षा गर्दै देशको अस्तित्व स्वाभिमानलाइ बचाउन हामीले के कस्ता खालको मुल्य चुकाउनु पर्छ । हामि तयार हुनु पर्छ छौ।

हेक्का रहोस देश बेचेर खाना पल्केका राष्ट्रघाति दलालहरु जनआकाङ्क्षा माथि ठुलो घात गर्ने बचेकुचेको लुटको महल बचाउन ज्यानफालेर प्रचण्ड नेतृत्वको सरकार ढाल्न खोज्दैछन । यो खेल षड्यन्त्र भनेको प्रचण्ड नेतृत्वको सरकार ढाल्नुमा सिमित छैन यिनिहरुको उदेश्य त संविधान खारेज गर्नु संबिधानमा लेखिएका सम्पूर्ण पछि पारिएको बर्गकोअधिकार लाई खोस्नु फेरि पनि महिला दलित जनजाति पिछडिएको बर्ग माथी राज गर्नु हो । हाम्रो जस्तो स्वतन्त्र देशमा अशान्ति मच्चाउनु हो।

यि साम्राज्यबादका गोटिहरुका विरुद्धमा फेरिएको मोर्चालाइ सशक्त बनाउनै पर्छ । बिरताको इतिहास कोर्न सफल साहासि नेपाली जनताको अगाडि फेरि अर्को चुनौती उभिएको छ । यस्ता चुनौतीहरुलाइ पार गर्न अग्रगामी परिवर्तन चहानेहरु एक हुने छौ । क्रान्तिकारीहरुले संधै परिक्षा दिई रहनु पर्दो रहेछ । यो क्रान्तिको नियम हो । यति बेला फेरि उनिहरुले भ्रष्टाचारिहरुलाई बचाउन नेपाल र नेपाली जनताको खुसिलाइ दबाउन नयाँ षड्यन्त्र रच्दैछन ।

देश बिकासको नाम दिदै देश संगै नेपाली जनतालाइ बेच्न जर्बजस्ति षड्यन्त्रको पहाड उभ्याउन खोज्नु उनिहरुको दिनचर्या हो। यी यस्ता घटनाले हामिलाइ निदाउन दिएको छैनर निदाउनु पनि हुदैन । बर्तमानको प्रचण्ड नेतृत्वको सरकारले दलाल पार्टीका भ्रष्टाचारि नेता कार्यकर्ताहरुलाइ समातेर जेल कोच्दै एकपछि अर्को नेताको फाइल खोल्ने क्रममा नै प्रचण्ड सरकार देखि आतंकित भएर काले काले मिलेर खाउ भाले भन्ने उखानलाइ आत्मसाथ गर्दै यो सरकार ढाल्न कसिएका छन । यो सरकार ढलोस हामि र हाम्रो पार्टीलाइ केही फरक पार्दैन । मात्रै यो देश परिवर्तनको एजेन्डा लाई ढाल्न दिनु हुन्न गरिब निमुखा बर्गको मुद्दालाई हार्न दिनु हुन्न हामि हिजो यहि देश र जनताका एजेन्डा बोकेर जनयुद्धको बाटोमा नयाँ नेपाल निर्माणको सपनामा आफुलाइ होमेर खुसिका सारा सम्भावनाहरुलाइ बलिबेधिमा चढाउदै आसु रगत पसिना बगाएर आफ्ना आमा बाबा दाजु भाइ दिदिबहिनी जिवन साथी छोरा छोरि सहयात्री गुमाउदा पनि निरन्तर निरङ्कुशताका अन्त्यका लागि लडिरहेका हौ।

आज उनिहरुको बिरतालाइ कुल्चदै जनताको घर दैलोलाइ कङ्गालको संज्ञा दिदै अमेरिकन डलरहरु आफनै देशमा रोप्न र फलाउने गलत सपना देखाउदै दिनमै सुतेर देखेका उनिहरुकाअसुभ सपनाहरु उनिकै तिम्ति घातक बन्ने छन । हिजो यो ब्यबस्था प्राप्तिका लागि जनताले गरेको जनयुद्धलाइ प्रास्त गर्न हजारौं जनतालाइ सिधै गोलि ठोक्ने आदेश गर्ने र सहिछाप गर्नेहरुलाइ नेपाली जनताले नागर्जुन सम्म पुर्‍याएको इतिहास हाम्रो अगाडि ज्वलन्त छ ।

बिदेशीको इसारामा भ्रष्टाचार र कमिसनको राज चलाउन बाँचेकाहरु कहिले पनि जनादेशअनुसार चल्ने चहान राख्दा रहेनछन भन्ने कुराको पुस्टि हुदैछ । अब गणतन्त्र र राष्ट्रियताको रक्षार्थ हाम्रा लालकिल्लाहरु बचाउन फेरि अर्को महान अभियानमा एकताबद्ध हुनै पर्छ । किनकि नेपालको सुन्दर भुमिमा उदायको संघीय लोकतान्त्रिक गणतन्त्र अझै धराप छ। यस्लाइ जोगाउने जिम्म हाम्रो हो। समानुपातिक समाबेशिक प्रणाली लाई सस्थागत बिकास गरौ । समता सहितको सामाजिक न्यायलाई स्थापित गरौ । हाम्रो एजेन्डा राम्रो बनाउ यहि हो हाम्रो कार्यभार । 

लेखक : नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश सचिवालय सदस्य हुन ।