रारा तालको किनारमा नेपाल उद्योग व्यापार महासंघ मुगुको भेला

अध्यक्षमा जस बहादुर बुढा

गमगढी , मुगु नेपाल उद्योग व्यापार महासंघ मुगु प्रथम भेला रारा तालको किनार मिलि चौरमा सम्पन्न भएको छ । अध्यक्षमा जस बहादुर बुढाको अध्यक्षतामा १५ समिति चयन गरिएको छ ।

शुक्रबार रारा तालको किनारामा विभिन्न क्षेत्रका ब्यवसायिहरूको भेलाले महासंघको उद्योग उपाध्यक्षमा गृष्मा शाही बाणिज्य उपाध्यक्षमा नन्द बहादुर बिष्ट महासचिवमा आदेश बिक  कोषाध्यक्षमा गणेश सन्ज्याल चयन भएका छन । भेलाले १५ सदस्यीय समिति घोषणा गर्दै ब्यवसायिका हक हित र उत्थानमा लड्ने जनाएको छ ।

कार्यक्रममा पुर्व मन्त्री तथा माओवादी केन्द्रका कर्णाली प्रदेश सह इन्चार्ज टेक बहादुर बस्नेतले मुगु र समग्र राराको समृद्धिको लागि पनि व्यवसायीहरू संगठित हुनुपर्ने बताए ।

कार्यक्रममा लघु ओद्योगिक ग्राम सुर्खेतका अध्यक्ष तथा महासंघका प्रदेश इन्चार्ज उदिराम डाँगीले साना उद्योग नभई ठूला उद्योग बन्न नसक्ने भन्दै सबै तहका मानिसहरू मिलेर देशमा आर्थिक विकास गर्न लाग्नुपर्नेमा जोड दिए ।

उनले साना तथा मझौला उद्योगहरूलाई विभिन्न तरिकाले प्रोत्साहन तथा सहयोग गरी राष्ट्रिय अर्थतन्त्र समृद्ध बनाउनका लागि उपयोग गर्नु जरुरी रहेको बताए

त्यस्तै कार्यक्रममा व्यापार महासंघका केन्द्रीय सचिव तथा कर्णाली अध्यक्ष सुर्य बिक्रम थापाले मुलुक समृद्धिका लागि आत्मनिर्भर अर्थतन्त्रको बिकास जरुरी रहेको बताए ।

विभिन्न १७ वटा संघ मिलेर बनेको महासंघले कर्णाली प्रदेशका विभिन्न जिल्लामा संगठन बिस्तार गरिरहेको छ । महासंघका साधारण सदस्य नेपालको सम्बन्धित सरकारी निकायमा दर्ता भएका लघु, घरेलु , साना तथा ठुला उद्योग, व्यवसाय र व्यापारी रहेका छन् ।