सर्वोच्चको अन्तरिम आदेश : ‘ट्राफिक कारबाहीमा परेकालाई सडकमा नखटाउनु’
प्रकासित मिति : २०८१ जेष्ठ २०, आइतवार
प्रकासित समय : [nepaliTime]
काठमाडौं, ट्राफिक कारबाहीमा परेका सवारीचालकलाई स्वयंसेवकका रूपमा सडकमा नखटाउन सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ। आइतबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले अन्तरिम आदेश दिएको हो।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले कारबाहीमा परेका सवारीचालकलाई गत बुधबारबाट पोसाक लगाएर ट्राफिक प्रहरीसँगै सडकमा खटाउन सुरु गरेपछि त्यसविरुद्ध शुक्रबार रिट दर्ता भएको थियो।
गृह मन्त्रालय, ट्रफिक महाशाखा र प्रहरी प्रधान कार्यालयलाई विपक्षी बनाउँदै परेको रिटमा सर्वोच्चले विपक्षीका नाममा कारण देखाऊ आदेश समेत जारी गरेको छ।

