इजराइलले गर्‍यो इरानमाथी हमला, हमलापछि अधिकांश उडान ‘डाइभर्ट’

काठमाडौँ । इजराइलले इरानमाथि जवाफी कारबाही थालेको छ । आइतबार इरानले इजराइलमाथि आक्रमण गरेपछि त्यसको जवाफी कारबाही गर्ने इजराइलले चेतावनी दिएको थियो ।

सोही चेतावनीलाई इजराइलले कार्यान्वयन गर्दै इरानको विभिन्न सहरमाथि आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम सीएनएनले जनाएको छ । इरानको इसाफहान सहरस्थित एयरपोर्ट नजिकै विष्फोटको आवाज सुनिएको छ । जसका कारण विभिन्न उडानको रुट परिवर्तन गरिएको छ भने कतिपय उडान रद्द गरिएका छन् 

साथै इरानको विभिन्न परमाणु प्लान्टमाथि पनि मिसाइल आक्रमण भएको इरानको सरकारी समाचार संस्था इरनाले दावी गरेको छ । इसाफहानमा इरानको सबैभन्दा ठूलो युरेनियम कार्यक्रम सञ्चालनमा रहेको छ । इजराइली आक्रमण पछि इरानको रक्षा मन्त्रालयले विभिन्न राज्यमा हवाई सेनालाई तैनाथ गरेको छ ।