अखिल (क्रान्तिकारी) सुर्खेतको संयोजकमा सुनिल सिंह

विरेन्द्रनगर । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट अखिल (क्रान्तिकारी) सुर्खेतको संयोजकमा सुनिल सिंह चयन भएका छन् ।

शनिवार ३५ औं जनआन्दोलन दिवसको अवसर पारेर आयोजित जिल्लाको एकता भेलाले सिंहलाई संयोजकत्वमा १५ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिती निर्माण गरेको हो ।

भेलाले संगठनको सह-संयोजकमा अमर रसाइली र गणेश हिराजकलाई तोकेको छ ।

उक्त भेलामा क्रान्तिकारी कम्युनिस्ट पार्टीका सचिवालय सदस्य चन्द्र प्रकाश शर्मा, पार्टीका सचिवालय सदस्य तथा प्रदेश नं. ६ समितीका संयोजक संगम आरसी, सचिवालय सदस्य प्रेम प्रकाश ओली ‘धमिल’, अखिल (क्रान्तिकारी) का सचिवालय सदस्य तथा ६ नम्बर प्रदेश इन्चार्ज हरि बिष्ट, पार्टीका जिल्ला संयोजक श्याम कार्की, क्रान्तिकारी युवा संगठनका कर्णाली प्रदेश इन्चार्ज विकल्प, संगठनका केन्द्रीय सदस्य तथा बर्दिया जिल्ला अध्यक्ष भरत परियार र केन्द्रीय सदस्य तथा बाँके जिल्ला अध्यक्ष तपेन्द्र न्यौपाने लगायतको उपस्थिति रहेको थियोे ।