नेपालगन्जको न्यू नेपाल अटो पार्ट्सद्वारा रोजा इफ्तार कार्यक्रम

नेपालगन्ज । इस्लाम धर्मावलम्बीहरुको पवित्र महिना रमजानको पावन अवसरमा न्यू नेपाल अटो पार्ट्सद्वारा रोजा इफ्तार कार्यक्रम सामुहिक रोजा इफ्तार कार्यक्रम गरेको छ ।

रमजान महिनाका २६ औँ दिनको बेलुका करिव साढे ६ बजे नेपालगन्जका इस्लाम धर्मावलम्वीले सुर्खेत रोड स्थित रहेको न्यु नेपाल अटो पार्ट्स पसलमा सामुहिक इफ्तार गरेका हुन् ।

इस्लाम धर्मावलम्बीको महान पर्व रमजान फागुन २९ गतेदेखि सुरु भएको छ । पानीसमेत नखाएर ब्रत बस्ने गरिन्छ। इफ्तार कार्यक्रममा आजिज मलिक, अस्लम भाट, रिहान मलिक उपस्तिथिमा यो इफ्तार कार्यक्रम भएको थियो।

न्यू नेपाल अटो पार्ट्सका प्रबन्धक निर्देशक मोहम्मद अहमद राईले सामुहिक इफ्तार कार्यक्रमले नेपालगन्जमा मात्र नभई विश्वभर धार्मिक सद्भावको सन्देश दिएको बताए ।

‘सामुहिक इफ्तार कार्यक्रमले नेपालगन्जलाई सामाजिक एवम् धार्मिक सद्भावको सहरको रुपमा विश्वभर चिनाउन मद्दत गरेको छ,’ उनलेले भनेका थिए ।