सहकारी केन्द्र कर्णाली प्रदेशको अध्यक्षमा महतारा

सुर्खेत, सहकारी केन्द्र नेपाल कर्णाली प्रदेशकोे सम्मेलनमा अध्यक्षमा जय बहादुर महतारा चयन भएका छन । सोमबार विरेन्द्रनगर सुर्खेतमा आयोजित सहकारी केन्द्र नेपाल कर्णाली प्रदेशको प्रथम प्रदेश सम्मेलन मार्फत अध्यक्षमा जय बहादुर महतारा चयन भएका हुन ।

त्यस्तै  सहकारी केन्द्र नेपाल कर्णाली प्रदेशको ४५ सदस्यीय  कार्यसमितिको उपाध्यक्षमा नर बहादुर खड्का रुकुम पश्चिम, मणिचन्द्र कार्की मुगु, जंग बहादुर रोकाया डोल्पा,  पदमा बिष्ट सचिव सुर्खेत,  महेन्द्रराज शर्मा सह सचिव जाजरकोट,  डिल्ली प्रसाद शर्मा कोषाध्यक्ष दैलेख रहेका छन ।

(माओबादी केन्द्र)का स्थायी समिति सदस्य तथा तथा सहकारी बिभाग इन्चार्ज लिलामणी पोखरेलको प्रमुख आतिथ्यमा भएको सम्मेलनले महताराको अध्यक्षतामा ४५ सदस्यीय प्रदेश कमिटि चयन गरेको हाे । 

अर्थिक समृद्धि र समाजबादको आधार निमार्णमा सहकारी संगठन,संबिधान कार्यान्वयन र सहकारी सुशासनका लागि प्रथम सम्मेलन भन्ने मुल नाराका साथ भएको उक्त सम्मेलनमा कर्णाली प्रदेशका बिभिन्न १० जिल्लाबाट प्रतिनिधिहरुको सहभागीता रहेको थियो

सम्मेलनमा (माओबादी केन्द्र)का स्थायी समिति सदस्य तथा बिभाग इन्चार्ज पोखरलले समाजबाद निमार्णको पहिलो आधार सहकारी भएको बताए । त्यस्तै माओवादी केन्द्र कर्णाली अध्यक्ष बिमला केसीले सरकारको समाजबाद निमार्णको अभियानमा सहकारीको भुमिका महत्वपुर्ण रहने बताइन ।

सहकारी केन्द्र नेपाल माओवादी केन्द्रको जनवर्गीय सङ्गठन भएको भन्दै नवगठित कार्यसमितिले सहकारीको क्षेत्रमा काम गर्ने केन्द्रकी केन्द्रीय उपाध्यक्ष पार्वती थापा आस्थाले बताइन ।