जसले नरेन्द्र मोदीको विरुद्धमा लड्दै छन् चुनाव

नयाँदिल्ली,  कांग्रेसले आगामी लोकसभा चुनावका लागि ४६ उम्मेदवारको चौथो सूची सार्वजनिक गरेको छ । जसअनुसार कांग्रेसले उत्तर प्रदेश कांग्रेस अध्यक्ष अजय रायलाई प्रधानमन्त्री नरेन्द्र मोदीको विरुद्धमा देशको सबैभन्दा भिआपी सीट वाराणसीबाट उम्मेदवार बनाएको छ ।

अजय रायले २०१४ र २०१९ मा पनि वाराणसी सिटबाट प्रधानमन्त्री मोदीविरुद्ध चुनाव लडेका छन् । तर, दुवै निर्वाचनमा अजय रायले पराजय भोग्नु परेको थियो । लोकसभा चुनाव २०१९ मा प्रधानमन्त्री मोदीले समाजवादी पार्टीकी शालिनी यादवलाई ४ लाख ८० हजार मतले पराजित गरे । शालिनी यादव अहिले भाजपामा प्रवेश गरेकी छन् । उक्त निर्वाचनमा अजय रायले १ लाख ५२ हजार ५४८ मत ल्याएर तेस्रो स्थानमा रहेका थिए ।

गत लोकसभा चुनावमा प्रधानमन्त्री नरेन्द्र मोदीले वाराणसी सिटबाट ६३.६२ प्रतिशत मत पाएका थिए भने अजय राईले १४.३८ प्रतिशत मत पाएका थिए । २०१४ को लोकसभा चुनावमा अजय रायले वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीको विरुद्धमा चुनाव लडेका थिए र त्यो बेला उनी दोस्रो भएका थिए । कांग्रेसले हालसम्म ५४३ लोकसभा सिटमध्ये १८५ सिटका लागि उम्मेदवारको नाम घोषणा गरेको छ । कांग्रेसले चौथो सूचीमा धेरै दिग्गज नेतालाई टिकट दिएको छ ।