रिटर्नी सेन्टर कर्णाली प्रदेशको अध्यक्षमा तिरुवा

सुर्खेत, रिटर्नी सेन्टर कर्णाली प्रदेशको अध्यक्षमा प्रेमसिंह तिरुवा चयन भएका छन । बिहीबार विरेन्द्रनगर सुर्खेतमा आयोजित रिटर्नी सेन्टर कर्णाली प्रदेशको प्रथम प्रदेश सम्मेलन मार्फत अध्यक्षमा प्रेम तिरुवा चयन भएका हुन ।

(माओबादी केन्द्र)का स्थायी समिति सदस्य तथा प्रदेश ईन्चार्ज काली बहादुर मल्लको प्रमुख आतिथ्यमा भएको सम्मेलनले  तिरुवाको अध्यक्षतामा २५ सदस्यीय प्रदेश कमिटि चयन गरेको छ ।

सम्मेलनमा  इन्चार्ज मल्लले परिस्थितिले विदेशिएका युवा आफ्नो मातृभूमि फर्केर आउनु सुखद रहेको बताए । पार्टी र सरकारले उत्पादन र श्रममार्फत देशमा कायापलट पार्ने अभियानसहित सुरु गरेको भन्दै यसमा रिटर्नी सेन्टरको महत्वपुर्ण भुमिका रहने बताए । समाजवादी क्रान्ति सफल पार्न उत्पादन ब्रिगेड बनाएर देशको विकासमा लाग्ने अभियानमा पार्टीले सहयोग गर्ने बताए ।

त्यस्तै माओवादी केन्द्र कर्णाली अध्यक्ष बिमला केसीले  विदेशबाट फर्किएका युवाले स्वदेशमै केही गर्ने हुटहुटि देखाएर छोटो समयमै सम्मेलन गर्नु सुखद रहेको बताइन । अध्यक्ष केसीले सरकारको समृद्धी अभियानमा सेन्टरको भुमिका महत्वपुर्ण रहने बताइन ।