कर्णालीका पाटनहरुमा साहसिक खेल ‘स्कि’को प्रचुर सम्भावना

‘स्कि’को गन्तब्य बन्दै कर्णाली

सुर्खेत । कर्णालीका बिभिन्न पाटनहरुमा खेलिने साहसिक खेल स्किको प्रचुर सम्भावना रहेको छ । कर्णालीका बिभिन्न पाटनहरुमा साहसिक खेल स्किको प्रचुर सम्भावना रहेको हो । कालिकोटको त्रिबेणी पाटन, क्षेतडी क्षेत्र, जाजरकोटको कुशे पाटन,भालु पाटन,डोल्पाका चौंरे लेख जुम्लाको खाली मुगुको रारा क्षेत्र साहसिक खेल स्किको प्रचुर सम्भावना रहेको छ ।

पछिल्लो केही समययता नेपाल साहसिक स्कि पर्यटनको राम्रो गन्तव्य बन्दै गइरहेको समयमा कालिकोटको रास्कोट नगरपालिका र सान्नीत्रिबेणी क्षेत्रको लेकाली भेकमा रहेकोख त्रिवेणी पाटन, छेत्तडि पाटन भेगमा स्कि खेल खेलाउन सकिने संभावना देखिएको हो ।

विदेशमा अत्याधिक खेलिने केहि देशहरुको राम्रो आयस्रोत बनेको सहासीक खेल स्कि खेल कर्णालीको हिमाली तथा उच्च पहाडी क्षेत्रमा स्कि खेलको विस्तार भइरहेको छ । हिउँमा चिप्लिएर खेलिने खेल त्रिवेणी पाटनमा निकै सम्भावना रहेको नेपाल स्की एसोसिएसन कर्णाली प्रदेश सचिव मनराज सिम्खडा जानकारी दिए ।

त्रिवेणी लगायत कर्णालीका बिभिन्न पाटनहरुमा हिउँदको समयमा कम्तीमा ४ महिना स्कि खेल सञ्चालन गर्न सकिने सम्भावना रहेको सचिव सिम्खडाले बताए । उनले भने,‘कर्णालीका हिमाली तथा पहाडी जिल्लाहरुमा सडकको पहुँच राम्रो भएको भए यसको सम्भावना एकदमै राम्रो छ । तर, सडक सञ्जाल उचित ब्यवस्थापन नहुँदा स्कि खेल खेल्न सक्ने सम्भावनाका ठाउँहरुमा जान धेरै गाह्रो छ ।’

यस्तै,केहि दिन अगाडि कालिकोटको त्रिबेणी पाटन क्षेतडीमा स्कि खेल सम्बन्धी आधारभूत तालिम पनि सम्पन्न भएको छ । फागुन २८ गतेदेखि सञ्चालन भएको स्कि खेल चैत ४ गते सम्पन्न भएको हो । कालिकोटको रास्कोट नगरपालिकाको त्रिवेणी पाटन र छेत्तडिमा भएको उक्त तालिममा ४ जना प्रशिक्षकले २० जना सहभागीहरुलाई प्रशिक्षण दिएका थिए ।

नेपाल पर्यटन बोर्ड र कर्णाली प्रदेश खेलकुद विकास परिषदको आर्थिक सहयोग, नेपाल स्की एसोसिएसन कर्णाली प्रदेशको समन्वय र रास्कोट नगरपालिकाको सहयोग रहेको नेपाल स्की एसोसिएसन कर्णाली प्रदेश सचिव सिम्खडा जानकारी दिए ।