प्राध्यापकहरुका लागी क्षमता अभिवृद्धी तालिम सन्चालन

कोहलपुर । मध्यपश्चिम विश्वविद्यालय तालिम एकाईले कोहलपुरमा तालिम सम्पन्न गरेको छ । आंगिक क्याम्पसमा प्राध्यापनरत प्राध्यापकहरुलाई मध्यपश्चिम विश्वविद्यालयका आंगिक क्याम्पसमा प्राध्यापनरत प्राध्यापकहरुको लागी तालिम एकाईद्वारा आयोजित चार दिने क्षमता अभिवृद्धी तालिम सन्चालनमा ल्याएको हो । प्राध्यापकहरु तेस्रो चोहर्ट अन्तर्गत क्षमता विकास अभिवृद्धी दिएको हो ।

तालिमको उदघाटन गर्दै मध्यपश्चिम विश्वविद्यालय बागेश्वरी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख दान बहादुर हमालले प्राध्यापकहरुलाई अनुसन्धानमुलक र क्षमता अभिवृद्धि तालीम समय समयमा दिनुपर्नेमा जोड दिए । उनले विश्वविद्यालयले दिन लागेको यो तालिमबाट क्याम्पसमा प्राध्यापनरत प्राध्यापकहरुलाई कक्षा शिक्षणमा प्रयोग गर्न सहजहुने वताए ।

उदघाटन सत्रको कार्यक्रममा बोल्दै मध्यपश्चिम विश्वविद्यालय पाठ्यक्रम निर्देशनालयका निर्देशक वीर बहादुर पौडेलले यो तालिमले प्राध्यापक तथा कर्मचारीको क्षमता अभिवृद्धिहुने मात्र होइन अनुसन्धानमुलक कार्य गर्न सकिने वताए ।

क्षमता अभिवृद्धि तालिममा मध्यपश्चिम विश्वविद्यालय प्रा. डा. चन्द्रप्रकाश रिजाल, वीर बहादुर पौडेल, डा पुस्प आचार्य, कुशल बोहरा, मध्यपश्चिम विश्वविद्यालय तालिम एकाईकी संयोजक कल्पना पौडेल, तालिम एकाईकी सदस्य तथा केन्द्रिय क्याम्पस सुर्खेतमा कार्यरत कमला तिवारी, मध्यपश्चिम विश्वविद्यालय वागेश्वरी बहुमुखी कोहलपुर पाठ्यक्रम तथा मूल्याडकन विषयका उपप्राध्यापक एकराज शर्मा, स्वास्थ विषयका उपप्राध्यापक तोयानाथ पहाडीले सहजीकरण गरेका थिए ।

तालिममा सहभागी बबई बहुमुखी क्याम्पसका उपप्राध्यापक प्रताप लम्सालले तालिमबाट नयाँ ज्ञान, नयाँ शिक्षण विधि र विषयगत विधाको जानकारी भएको प्रतिक्रिया दिए । तालिममा सहभागी भेरी ज्ञानोदय बहुमुखी क्याम्पसका उपप्राध्यापक छविराज शर्माले विभिन्न क्याम्पसका प्राध्यापकहरुको विचमा ज्ञान आदानप्रदान भैइ क्षमता अभिवृद्धि भएको प्रतिक्रिया दिए ।

तालिममा सहभागी रारा बहुमुखी क्याम्पस मुगुका उपप्राध्यापक महेश कुमार मल्लले अध्ययन गर्दा सिकेको ज्ञानमा नयाँ र परिमाजित नवप्रवर्तकमुलक विधि, व्यवस्थापन, उदेश्यको स्मरण भएको प्रतिक्रिया दिए । तालिममा सहभागी वागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरका सह प्राध्यापक खगराज पन्तले तालिम उपयोग र व्यवहारिक भएको प्रतिक्रिया दिए । तालिममा सहभागी जलजला बहुमुखी क्याम्पस रोल्पाका उपप्राध्यापक विनोद आचार्यले तालिमले आफुहरु विषयगत र अन्तरविषयको ज्ञान भएको प्रतिक्रिया दिए ।

तालिममा मध्यपश्चिम विश्वविद्यालयका ५ वटा आंगिक क्याम्पस वागेश्वरी बहुमुखी क्याम्पस कोहलपुर, बबई बहुमुखी क्याम्पस गुलरिया बर्दिया, जलजला बहुमुखी क्याम्पस बर्दिया, भेरी ज्ञानोदय बहुमुखी क्याम्पस जाजरकोट जलजला बहुमुखी क्याम्पस रोल्पा र रारा बहुमुखी क्याम्पस मुगुमा प्राध्यपनरत विभिन्न संकायका प्राध्यापकहरुको सहभागिता रहेको प्रशिक्षक एकराज शर्माले जानकारी दिए ।

तालिम एकाईकी संयोजक कल्पना पौडेलको सभापतित्वमा सम्पन्न तालिमको औपचारिक कार्यक्रमको सहजीकरण तालिम एकाईकी सदस्य एवम् प्रशिक्षक कमला तिवारीले सहजीकरण गरेकी हुन । यस अघि केन्द्रिय क्याम्पस सुर्खेतमा मध्यपश्चिम विश्वविद्यालयका १० वटा आंगिक क्याम्पसका प्राध्यापकहरु लाई उक्त तालिम दिईएको थियो ।

उक्त तालिम विश्वविद्यालय अनुदान आयोगको आर्थिक सहयोगमा हुँदै आएको छ । तालिम ४५ घन्टे रहेको छ ।