मध्यपश्चिम विश्वविद्यालयलाई प्रादेशिक विश्वविद्यालय बनाउने प्रस्तावको विरोध

नेपालगन्ज । मध्यपश्चिम विश्वविद्यालयलाई प्रादेशिक विश्वविद्यालय बनाउने प्रस्तावको विरोध विरोध भएको छ । विश्वविद्यालयको आङ्गिक क्याम्पस बाँके कोहलपुरको बागेश्वरी बहुमुखी क्याम्पसमा क्रियाशल तिन वटा प्राध्यापक संघसंगठनहरुले बुधबार एक संयुक्त प्रेस विज्ञप्ती गारी गरेर विरोध जनाएका हुन् ।

उनिहरुले नेपाल सरकारद्वारा प्रस्तावित उच्च शिक्षा विधेयक, २०८० मा विश्वविद्यालयको वर्गिकरण गर्दा मध्यपश्चिम विश्वविद्यालय लगायत अन्य संघिय विश्वविद्यालयहरुलाई प्रादेशिक विश्वविद्यालयमा बनाउने गरी प्रस्तावित गरिएकाले उक्त प्रस्तावप्रति हाम्रो गम्भिर असहमती जनाउदै संघिय विश्वविद्यालयमै कायम राख्नका लागि सरोकारवाला पक्षहरुको ध्यानाकर्षण समेत गराएका छन् ।

साथै संगठनहरुले आंगिक क्याम्पसमा रहेका करार प्राध्यापक तथा कर्मचारीहरुलाई नियमावलीमा भएको व्यवस्था अनुसार तत्काल विशेष आन्तरिक प्रक्रियाद्धारा स्थायी गर्नुपर्ने, विगत लामो समय देखी कार्यरत आंशिक प्राध्यापक र कर्मचारीहरुलाई करार बनाउनु पर्ने र समायोजनमा घटुवामा परेका प्राध्यापक तथा कर्मचारीहरुलाई साविक पदमा बढुवा गर्नु पर्ने, आंगिक क्याम्पसहरुमा लामो समयदेखि कार्यरत स्थायी सेवामा कार्यरत प्राध्यापकहरुलाई पदोन्नति, वृत्तिविकास र पेशागत उन्नयनको प्रकिया बढाउनु माग राखेका छन् ।

त्यस्तै विगत केही समय देखी विभिन्न सरोकारवाला पक्षद्धारा विश्वविद्यालयमा गरिएको आन्दोलनले प्रत्यक्ष र परोक्ष रुपमा विश्वविद्यालय र आंगिक क्याम्पसमा रहेका समस्यालाई समाधान गर्न बाधा उत्पन्न भएकाले तत्काल सरोकारवाला सम्पूर्ण पक्षहरुले वार्ता तथा संवादका माध्यमबाट समस्याको समाधान यथासिघ्र गर्न समेत माग गरेका छन् ।

विज्ञप्तिको पुर्णपाठ