१७७ जना बोकेर उडिरहेको विमानको एक भाग गायव

ओरेगन । अमेरिकाको पोर्टल्याण्ड (ओरेगन) बाट ओन्टारियो (क्यालिफोर्निया) गइरहेको अलास्का एयरलाइन्सको विमानमा एउटा अनौठो घटना भएको छ । हावाको दबाबमा विमानको एक भाग भाँचियो र विमानबाट अलग भयो। यसका बाबजुद यो विमान सकुशल अवतरण भएको थियो ।

स्थानीय समय अनुसार शनिबार बिहान यो घटना भएको हो । अलास्का एयरलाइन्सले जारी गरेको विज्ञप्तिमा १७१ यात्रु र ६ जना चालक दलका सदस्य सवार उक्त विमान पोर्टल्याण्ड अन्तर्राष्ट्रिय विमानस्थलमा सकुशल अवतरण भएको बताइएको छ ।
‘पोर्टल्याण्ड, ओरेगनबाट क्यालिफोर्नियाको ओन्टारियोका लागि अलास्का एयरलाइन्सको फ्लाइट १२८२ मा आज साँझ टेकअफ भएको केही समयपछि एउटा घटना भयो । विमानमा १७१ पाहुना र छ जना चालक दलका सदस्यहरू सवार थिए,’ अलास्का एयरलाइन्सले एक विज्ञप्तिमा भनेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘हाम्रा पाहुना र कर्मचारीहरूको सुरक्षा सधैँ हाम्रो प्राथमिकता हो । तथापि, यस प्रकारको घटना दुर्लभ छ । हाम्रो टोलीलाई त्यस्ता परिस्थितिहरू ह्यान्डल गर्न तालिम दिइएको छ । हामी के भयो भनेर अनुसन्धान गरिरहेका छौँ र थप जानकारी छ। हामी भेट्दा साझा गर्नेछौँ ।’ यो विमान निर्माण गर्ने बोइङ एयरलाइन्सले पनि एक विज्ञप्ति जारी गरी आफूहरू यस दुर्घटनाको बारेमा सचेत रहेको र आफ्ना ग्राहकबाट थप जानकारी लिइरहेको जनाएको छ । मानिसहरूले सो विमानको तस्बिर र भिडियो सामाजिक सञ्जालमा शेयर गरेका छन् । एजेन्सी