विप्लवको विद्यार्थी संगठनका २७ नेताद्धारा विद्रोह

काठमाडौं । नेत्र विक्रम चन्द ‘विप्लव’ ले नेतृत्व गरेको नेकपा निकट अखिल (क्रान्तिकारी) वाट २७ जनाले विद्रोह गरेका छन् ।

संगठनका चार केन्द्रीय सदस्य सहित २७ जनाले विद्रोह गरेर मोहन वैद्य किरणले नेतृत्व गरेको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट अखिल (क्रान्तिकारी) मा धुर्विकृत भएका हुन् ।

पार्टीबाट विद्रोह गर्नेमा अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य रविना सदाशंकर, केन्द्रीय सदस्य तथा के एक अध्यक्ष हस्त विक, केन्द्रीय सदस्य तथा के तिन अध्यक्ष छत्र विक र केन्द्रीय सदस्य तथा के चार अध्यक्ष सुनिल भुल रहेका छन् ।

त्यस्तै केटु संयोजक बजिर नेपाली, के ६ संयोजक हस्त विक (सक्षम), नविन परियार के एक सचिब, सिटिईभिटी जिल्ला सदस्य महेश परियार लगायतका नेताहरु छन् ।

अखिल (क्रान्तिकारी) केन्द्रीय समितीद्धारा ललितपुरको कुपोन्डोलमा आयोजित एक धुर्विकरण कार्यक्रमका बिचमा उनिहरुलाई क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका केन्द्रीय कार्यालय सदस्य सिपी गजुरेल ‘गौरव’, अखिल (क्रान्तिकारी) का संयोजक मिलन राई, सह-संयोजक पेसल दाहाल, बिरेन्द्र शाहले स्वागत गरेका छन्।