हाम्रो आन्दोलन मिसन २०८४ होइन, मिसन समाजवाद हो : जनार्दन शर्मा

नेपालगन्ज । नेकपा माओवादी केन्द्र बाँकेको आयोजना गरिएको मधेसी, मुस्लिम र थारुको संयुक्त भेलालाई सम्बोधन गर्दै नेपाल सरकारका पूर्व अर्थमन्त्री तथा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा प्रभाकरले माओवादी केन्द्रको अबको आन्दोलन मिसन २०८४ होइन, मिसन समाजवाद हो भनेका छन् ।

नेपालगन्जको त्रिभुवन चोकमा भएको मोर्चाको संयुक्त भेलालाई सम्बोधन गर्दै शर्माले माओवादीको अबको यात्रा भनेको समाजवाद, सुशासन, समृद्धि र देशको विकास रहेको बताएका छन् । उक्त भेलामा हजारौंको संख्याकाउपस्थित भएका जनताहरुलाई नेपालगन्ज शहर सुदूर पश्चिम तथा कर्णाली प्रदेश र लुम्बिनी प्रदेशको पनि मुख्य व्यापारी केन्द्र भएको हुदा यहाँ एयरपोर्ट विस्तार, हुलाकी राजमार्ग लगायतका थुप्रै कामहरू गर्न बाकी रहेको बताए ।
माओवादी केन्द्रले सुरुवात गरेको कार्यक्रम जनजनमा माओवादी, घरघरमा माओवादी विशेष रुपान्तरण अभियानले पनि जनतामा माओवादीप्रति केही आशा पलाएको उनले बताए ।

मुस्लिम मोर्चाका जिल्ला अध्यक्ष सब्बिर खाँको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा पुर्व अर्थमन्त्री शर्मा, विशिष्ट अतिथिमा लुम्बिनी प्रदेशका पुर्व मुख्यमन्त्री कुल प्रसाद केसी सोनाम, अतिथिहरुमा माओवादी केन्द्रको केन्द्रीय सदस्य दामा शर्मा, लुम्बिनी प्रदेश शहरी विकास मन्त्री कृष्णा केसी नमुना, माओवादी केन्द्र बाँकेका अध्यक्ष नरेन्द्र पाण्डे जेम्स लगायतका नेताहरु रहेका थिए ।


लुम्बिनी प्रदेशका पुर्व मुख्यमन्त्री केसीले समग्र रुपमा बाँकेको विकासमा माओवादी केन्द्रको ठूलो भूमिका रहेको उल्लेख गर्दै २०७४ भन्दा अघिको बाँके र अहिलेको बाँकेमा धेरै फरक रहेको बताउदै त्यसको मुल्यांकन स्वयम् जनताहरुले गर्नुपर्ने बताए ।

लुम्बिनी प्रदेशको शहरी विकास मन्त्री कृष्णा केसी नमुनाले सरकार गठन भएको १ वर्षपछि प्रदेशमा बाँकेबाट शहरी विकास मन्त्री हुने अवसर माओवादी केन्द्रले पाएको र त्यसको नेतृत्व आफुले गर्न पाएको हुँदा आफुले सक्ने विकास बाँकेमा गर्ने बताइन् ।

शुभकामना मन्तव्य दिने अधिकांश वक्ताहरुले बाँकेमा थारु, मधेसी, मुस्लिम, अन्य जातजाति सबैले एकपटक स्मरण गरेर विगत र वर्तमानको मुल्यांकन गर्नु जरुरी रहेको बताएका छन् । कार्यक्रममा थारुको संस्कृति झल्काउने थारु नाँच पनि देखाइएको हो ।