‘विद्यालय शिक्ने ठाउँ हो जेल होइन्’

काठमाण्डौं । केही विद्यार्थीहरुले बिहिवार काठमाडौं महानगरपापिका शिक्षा बिभाग अगाडी प्रदर्शन गरेका छन् ।

‘विद्यालय शिक्ने ठाउँ हो जेल होइन्, विद्यालयमा डिआई आंतक बन्द गर, अनुशासन इन्चार्जका नाममा भइरहेको गुण्डागर्दी बन्द गर, विद्यालय शान्तिक्षेत्र हो कि गुण्डागर्दीको अखडा ? लगायतका नारा लेखिएका प्लेकाड बोकेर मोहन वैद्य नेतृत्वको अखिल (क्रान्तिकारी) विद्यार्थी संगठनले महानगरको शिक्षा भिभाग अगाडी विरोध प्रदर्शन गरेको हो ।

विद्यालयमा भईरहेको डिआई आतंक र गुण्डागर्दीका विरुद्ध विरोध स्वरुप प्रदर्शन गरिएको उक्त संगठनका केन्द्रीय सदस्य तथा काठमाडौं जिल्ला संयोजक मिम बहादुर ऐडीले बताए ।

उनले यसमा विरुद्ध आफ्नो संगठनले कठोर संघर्ष समेत बताए ।

केही दिन पहिले मात्र काठमाडौं कोटेश्वरको हिमालयन ह्वाइटहाउस इन्टरनेशनल कलेजमा विद्यालयका डिआईले विद्यार्थीहरुमाथि कुटपिट तथा दुर्ववहार गरेको भन्दै विद्यार्थीहरु आन्दोलित भएका छन् ।

पछिल्लो समयमा मुख्यत निजी शिक्षण संस्थाहरुले विद्यार्थीहरुलाई अनुसासन सिकाउने नाममा गुण्डाहरु पालिरहेको भन्दैं चौतर्फी आलोचना हुँने गरेको छ ।