मुस्लिम विद्यार्थी संगठनद्धारा भूकम्पका घाईते विरामीको लागी राहत हस्तान्तरण

नेपालगन्ज, इस्लामी विद्यार्थी संघ नेपालले भूकम्पबाट घाईते बिरामीलाई राहत हस्तान्तरण गरेको छ ।

केही दिन पहिलेजाजरकोटको रामीडाँडा केन्द्र बिन्दु बनाएर गएको भूकम्पमा परेर घाईते भई उपचारको लागि नेपालगन्ज ल्याइएका बिरामीहरुलाई राहत वितरण गरेको हो ।

जाजरकोट, रुकुम लगायतका भूकम्प प्रभावित क्षेत्रबाट आएका बिरामीलाई भेरी अञ्चल अस्पतालमा आवश्यक पर्ने
ड्राई फुर्ट, सेनिटरी प्याड, जाम, डाइजेस्टिभ बिस्कुट, डिटल, चियुरा लगायतका सामग्रीहरू वितरण गरेको हो ।

उक्त सामग्री भेरी अञ्चल अस्पतालका प्रमुख दिनेश चौधरी र बाँके जिल्ला भूकम्प विपद्का फोकल पर्सन नरेश श्रेष्ठलाई हस्तान्तरण गरिएको हो ।