देवकोटाको ११५ औं जन्म जयन्तीको अवसरमा शुभकामना तथा चियापान कार्यक्रम

कोहलपुर, लक्ष्मी प्रसाद देवकोटाको ११५ औं जन्म जयन्तीको पावन अवसरमा ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र कोहलपुरले शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञाप्रतिस्ठानका प्राज्ञ सदस्य महानन्द ढकालले साहित्यकार र पुस्तकालय एवम् सर्जक र पाठक बिचको सम्बन्ध जोड्न पुस्तकालय कार्यसमितिलाई सुझाव दिए ।

उनले लक्ष्मी पूजाको दिन सरस्वतीका पुजारी लक्ष्मी प्रसाद देवकोटाको जन्मदिन र महाकवि लक्ष्मी प्रसाद देवकोटाको जन्मिएको पनि ११५ वर्ष भइसकेको वताए । नेपाली साहित्यमा देवकोटाले पुराएको योगदान अमूल्य भएको वताउदै लक्ष्मी जयन्तीको अवसरमा देशभरि विभिन्न कार्यक्रमहरू भइरहेको जानकारी दिए । अधिकांस स्थानहरूमा लक्ष्मी जयन्ती हिजो मनाइयो भने केही स्थानहरूमा अस्ति र आज पनि मनाइदै आएको वताए ।

कोहलपुरमा रहेको पुरानो सामुदायिक पुस्तकालय ज्ञानोदय पुस्तकालय तथा स्रोत केन्द्रले महाकवि लक्ष्मी प्रसाद देवकोटालाई सम्झने काम गरेकोमा खुसी समेत व्यक्त गरेका थिए । जन्म जयन्ती मनाउने क्रममा पुस्तकालयका अध्यक्ष चेतकान्त भट्टराईले पुस्तकालयले आगामी वर्षदेखी लक्ष्मी पूजाकै दिन लक्ष्मी जयन्ती मनाउने प्रतिबद्धता व्यक्त गर्दै आगामी दिनमा पुस्तकालयले स्थानीय लेखकहरूका कृतिहरू माथि परिचर्चा तथा अन्तरक्रिया कार्यक्रमहरूको आयोजना गर्ने तयारीमा रहेको वताए ।
उनले लेखक र पाठकमा पुस्तकालय मेरो हो भन्ने भावना हुनुपर्नेमा जोड दिए ।

साहित्यकार सागर गैरेले पुस्तकालयले साहित्यक कार्यक्रम गर्न, साहित्यकारको सम्मान गर्न अनुरोध गरे । पुस्तकालयमा राजनीतिक गन्ध देखिन नहुने वताए ।

साहित्यकार कर्ण बहादुर थापाले साहित्य प्रतिको माया हुनुपर्ने र पुस्तकालयले त्यो वातावरण निर्माण गर्न अनुरोध दिए । कार्यक्रममा साहित्यकार सुमित्रा न्यौपानेले पुस्तकालय र सर्जक विचको सम्बन्ध प्रगाढ हुनुपर्नेमा जोड दिईन । उनले ज्ञानोदय पुस्तकालय लाई आफुहरु मनमा राखेको वताईन ।

साहित्यकार सन्तोषि विस्ट, चन्द्रवती अधिकारी, छविलाल खड्का र पुस्तकालयका कार्यसमिति सदस्य पतिराम थारुले रचना सुनाएर मन्त्रमुग्ध बनाएका थिए । पुस्तकालयका सचिव एकराज शर्माले संचालन गर्दै आगामी दिनमा सर्जक र साहित्यकारले दिएको सुझाव पुस्तकालयले कार्यन्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले कोहलपुरका मात्र नभैइ बांके जिल्ला र बाहिरका साहित्यकार लाई सम्झना साहित्यक गोष्ठी सन्चालन गर्ने समेत वताए ।

कार्यक्रममा कोहलपुरका साहित्यकारहरूको उपस्थितिसंगै शुभकामना आदानप्रदान गरेको सचिव शर्माले वताए । कार्यक्रम पुस्तकालयका अध्यक्ष चेतकान्त भट्टराईको अध्यक्षतामा सम्पन्न भएको थियो ।