नेपालगन्जको भेरी अस्पताल पुगे धर्मेन्द्र बास्तोला
नेपालगन्ज, क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका प्रवक्ता धर्मेन्द्र बास्तोला ‘कञ्चन’ भूकम्पमा परेर घाईते भएका विरामीहरुको स्वास्थ्य अवस्था बुझ्न नेपालगन्जको भेरी अस्पताल पुगेका छन् ।
नेता बास्तोला जाजरकोट र रुकुम पश्चिमबाट उपचारको लागि ल्याइएका बिरामीहरुको स्वास्थ अवस्था बारे जानकारी लिन नेपालगन्ज पुगेको पार्टीका सचिवालय सदस्य तथा बाँके जिल्ला ईन्चार्ज दिपक शाहीले जानकारी दिए ।
केही दिन पहिले जाजरकोटको रामी डाँडा केन्द्र बनाएर गएको भूकम्पले जाजरकोट र रुकुम लगायतका कर्णाली प्रदेशका जिल्लाहरुमा ठुलो जनधनको क्षेति गरेको थियो । उक्त भूकम्पमा परेर घाईते भएका केही बिरामीहरुलाई नेपालगन्जको भेरी अस्पतालमा उपचार भईरहेको छ ।
अस्पतालमा उपचारको लागि हाल सम्म भर्ना गरिएका ५८ जना बिरामी मध्य १ जनाको मृत्युु भएको, ४० जना डिस्चार्ज भईसकेको, ३ जनालाई रेफर गरिएको छ । भने १४ जना मात्र हाल पनि उपचार गराइरहेका बिरामी मध्य १० जना सामान्य सुधारोन्मुख, ३ जना बिरामी जटिल सुधारोन्मख र १ जना जटिल बिरामी रहेको अस्पताल प्रशासनले जनाएको छ ।
नेता बास्तोला संगैं पार्टीका बाँके जिल्ला इन्चार्ज दिपक, जिल्ला संयोजक परिवर्तन लगायतका नेताहरुको समेत भेरी अस्पताल पुगेका थिए ।