भूकम्प पिडितका लागि आरसिपीद्धारा स्वास्थ्य सामाग्री हस्तान्तरण

जाजरकोट । माेहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले भृकम्प पिडितको लागि स्वास्थ सामग्री हस्तान्तरण गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज दिपक चलाउने नेतृत्वको टोलिले शनिबार जिल्ला अस्पताल जाजरकोटलाई उक्त स्वास्थ सामाग्री हस्तान्तरण गरेकाे हो ।

चलाउने सहितको टोलीले जिल्ला अस्पताल जाजरकोट पुगेर झण्डै ३ लाख बराबरको स्वास्थ्य सामाग्री जनस्वास्थ्य अधिकृत जनक केसिलाई हस्तान्तरण गरेका हो ।

हस्तान्तरण कार्यक्रममा पार्टीका कर्णाली प्रदेश संयोजक संयाेजक संगम, जाजरकोट जिल्ला ईन्चार्ज अनन्त लगायतको उपस्थिति रहेको थियोे ।

कार्तिक १७ गते राति जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु बनाएर गएको ६.४ रेक्टर स्केलकाे भुकम्पले १५४ जनाकाे ज्यान लिनुका साथै ४०० जना घाईते अवस्थामा छन र हजाराै घरवारविहीन अवस्थामा पालमुनि र गाेठहरुमा बसिरहेका छन ।