भरतपुरकी मेयर रेणु दाहाल भृकम्प प्रभावित क्षेत्र तर्फ जाँदै

नेपालगन्ज, भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल भकम्प प्रभावित क्षेत्रमा जान लागेकी हुन् । उनि भरतपुरबाट नेपालगन्ज हुँदै भोलि विहान भूकम्प प्रभावित क्षेत्र तर्फ प्रस्थान गर्ने बुझिएको छ।

भूकम्पबाट प्रभावित भएका जिल्ला जाजरकोट र रुकुमका सबै जसो स्थानीय तहमा पुगेर भूकम्प प्रभावित जनताको अवस्था बारे बुझ्न र उद्धार तथा राहत वितरणको बारेमा जानकारी लिन मेयर दाहाल आफै सुटुक्क त्यसतर्फ प्रस्थान गर्न लागेकी हुन् ।

भरतपुर महानगरले प्रारम्भिक रुपमा १ करोड सहयोग गरेको छ। भूकम्प प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत, उपचार, पुनःस्थापना तथा पुनःनिर्माणलगायतका कार्यमा सहयोग पुर्‍याउन भरतपुर महानगरले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ गरिसकेको छ ।

उक्त सहयोग रकम जनप्रतिनिधिको एक महिनाको, अधिकृतस्तरका कर्मचारीको पाँच दिनको, सहायक स्तरसम्मका कर्मचारीको तीन दिनको, मावि शिक्षकको तीन दिनको, आधारभूत तहका शिक्षकको दुई दिनको तलब र महानगरपालिकाको विपद् व्यवस्थापन कोषबाट हुने गरी मिलाइएको हो । साथेै महानगरले भूकम्प प्रभावितलाई नगद, जिन्सी तथा खाद्यान्न सहयोगका लागि सम्पूर्ण भरतपुरवासीलाई आह्वान गरिसकेको छ ।

गत शुक्रबार राति कर्णाली प्रदेश जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु बनाएर गएको ६.४ रेक्टर स्केटरको भूकम्पबाट भूकम्पले जाजरकोटको भेरी नगरपालिका, नलगाड नगरपालिका, पश्चिम रुकुमको आठबिसकोट, कुसे, बारेकोट लगायतका स्थानीय तहमा ठुलो जनधनको क्षेतिसँगै धेरै कच्ची घर भत्किएका छन् भने पशुचौपाया र भौतिक संरचनामा ठुलो क्षति पुगेको छ ।