खेल क्षेत्रका भौतिक संरचना निर्माणका लागि पहल गर्छौं : नेता शाही
कालिकोट । नेकपा (माओवादी केन्द्र)का युवा नेता महेन्द्र बहादुर शाहीले खेल क्षेत्रका भौतिक संरचना निर्माणमा लागि आफु र आफ्नो पार्टीले पहल गर्ने बताए ।
प्रतिनिधिसभा सदस्य तथा कर्णाली प्रदेशका प्रथम मुख्यमन्त्री समेत रहेका नेता शाहीले आफुहरुले खेल क्षेत्रको विकाश र संरचना निर्माणको लागि हरदम प्रयास गर्ने बताए ।
पचालझरना गाउँ पालिकामा सुरुभएको अन्तर विद्यालय पालिका स्तरीय १४ औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उद्घाटन गर्न मंगलबार गृह जिल्ला कालिकोट पुगेका नेता शाहीले कालिकोट जिल्लालाई खेलकुदको क्षेत्रमा अन्तराष्ट्रिय रुपमा चिनाउने गरी खेलाडीलाई मेहनत गर्न समेत अनुरोध गरेका छन
कर्णाली प्रदेशको पहिलो सरकारले खेल क्षेत्रलाई नै महत्व दिएकाले खेल क्षेत्रमा ठुलो लगानी गरेको स्मरण गर्दै नेता शाहीले कर्णाली प्रदेशका ७९ वटा स्थानीय तहहरुमा नै एक सुविधा सम्पन्न रंगशाला बनाउने निति लिएको तत्कालिन सरकारको योजना अहिले कार्यन्वयन भइरहेको बताए ।
कालिकोट जिल्लामा खेलकुदको धेरै सम्भावना रहेकोले अब कालिकोट जिल्लाका खेलाडीहरुले कालिकोट जिल्लालाई राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा चिनाउन धेरै मेहनत गर्नु पर्ने बताए । खेल क्षेत्रको हुने लगानीको लागि संघीय सरकारका तर्फबाट हुने लगानीको लागि आफु निरन्तर लागिरहने बताउदै नेता शाहीले खेल क्षेत्रका भौतिक संरचना निर्माणका लागि आफु पहल गर्ने प्रतिबद्धता जनाए ।
उक्त कार्यक्रममा कर्णाली प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव विश्वामित्र संज्यालले लगायतको उपस्थिति रहेको थियो । भने कार्यक्रमको अध्यक्षता पचालझरना गाउँपालिका अध्गक्ष देवजङ शाही ‘अग्नि’ ले गर्नुभएको थियो ।