भूकम्पबाट क्षेतविक्षेत जाजरकोटका बस्तिहरु (तस्बिर सहित)

विरेन्द्रनगर, शुक्रबार राति ११ः४७ बजे जाजरकोटको रामिडाँडा केन्द्र विन्दु भएर ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गयो । भूकम्पले कर्णालीको जाजरकोट र रुकुम सहित धेरैजसो जिल्लामा ठुलो जनधनको क्षति गर्यो ।

मध्यरातमा गएको भूकम्पका कारण जाजरकोटको सदमुकाम खलङ्गा बजार रहेको भेरी नगरपालिका, नलगाढ नगरपालिका, रुकुमको आठबिसकोट गाउँपालिकामा सबैभन्दा बढी जनधनको क्षेति भयो । यो २०७२ सालपछिको शक्तिशाली भूकम्प रहेको जानकारहरु बताउछन् ।

भूकम्पबाट जाजरकोट र रुकुम गरेर उक्त ८३ जना महिला र ७० जना पुरुष गरेर १५३ जनाको ज्यान गयो । भने कुल ३३८ जना घाइते भए । ती मध्य २४३ जना उपचारपछि अस्पतालबाट डिस्चार्ज गरिएका छन् भने ९५ जना अझै उपचाररत छन्।
मध्यरातमा मानिसहरू सुतिरहेको अवस्थामा भूकम्प गएकाले घरभित्र च्यापिएर धेरैको मृत्यु भएको हो ।

भृकम्पबाट बढी प्रभावित क्षेत्र भेरी नगरपालिका, नलगाढ नगरपालिका, रुकुमको आठबिसकोट सहित जाजरकोटको बारेकोट र कुशे गाउँपालिका लगायतका कर्णालीका सबै जसो जिल्लामा घरहरु पुर्णरुपमा भत्काएको छ ।

हेर्नोस तस्बिरमा :