आफ्ना नेता कार्यकर्तालाई राहत तथा उद्धार कार्यमा जुट्न क्रान्तिकारीको निर्देशन

काठमाडौं, मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट अखिल (क्रान्तिकारी) ले संगठनका नेता तथा कार्यकर्तालाई राहत तथा उद्धार कार्यमा जुट्न निर्देशन
दिएका छन् ।

संगठनका केन्द्रीय संयोजक मिलन राईले शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर ११ः ४७ मा गएको ६.४ म्याग्निच्युडको विनाशकारी भूकम्पबाट सयौंको सङ्ख्यामा दुःखद निधन र घाइते भएको खबरले दुखित बनाएको बताउदैं उद्धार कार्यमा तत्काल जुट्न र सक्ने सबै खालको सहयोग गर्नका हाम्रो संगठनका सम्पूर्ण नेता कार्यकर्तालाई अपिल गरेका हुन् ।

साथै संयोजक राईले मृतक सबैप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दैं घाइतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना समेत गरेका छन् ।

उनले सरकारसमक्ष छिटोभन्दा छिटो पिडितहरुको उद्धार गर्न र घाइतेको उपचारको सम्पूर्ण जिम्मा लिन समेत जोडदार माग गरेका छन् ।