भुकम्पका घाईतेहरुलाई क्रान्तिकारी युवा संगठनद्धारा फलफुल वितरण
प्रकासित मिति : २०८० कार्तिक १९, आइतवार
प्रकासित समय : [nepaliTime]
नेपालगन्ज, क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकटको युवा संगठन क्रान्तिकारी युवा संगठन नेपाल प्रदेश नं. ६ संगठन समितिले भुकम्पका घाईतेहरुलाई फलफुल वितरण गरेको छ ।

केही दिन अघि जाजरकोटको रामिडाँडा केन्द्र बिन्दु भएर गएको भुकम्पले जाजरकोट र रुकुममा ठुलो क्षेति गरेको थियो ।
जाजरकोट र रुकुममा उक्त भुकम्पमा परेर घाईते भएर बाँकेको भेरी अस्पतालमा उपचारत ३९ जना बिरामीहरुलाई फलफुल बितरण गरिएको हो ।
संगठनका केन्द्रीय सचिवालय सदस्य तथा प्रदेश नं. ६ का संयोजक प्रकाश शर्मा, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कर्णाली प्रदेश इन्चार्ज उदय बहादुर चलाउने दिपक, बाँके जिल्ला इन्चार्ज दिपक शाही, जिल्ला संयोजक परिवर्तन, जिल्ला कार्यालय सचिव तिलक गिरी लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।


