काठमाडौं महानगर स्तरिय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न, ज्ञानोदय माबि प्रथम

काठमाडौं, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट अखिल (क्रान्तिकारी) काठमाडौं जिल्ला समितीद्धारा आयोजित महानगर स्तरिय हाजिरी जवाफ प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ ।

शनिबार काठमाडौंको जनकल्याण माध्यमिक विद्यालयमा आयोजित हाजिरी जवाफ प्रतियोगितामा ज्ञानोदय माध्यामिक विद्यालय प्रथम, जनकल्याण माध्यामिक विद्यालय दोस्रो, विश्वनिकेतन माध्यामिक विद्यालय तेस्रो र जुद्धोद्धय माध्यमिक विद्यालयले सान्त्वना स्थान हासिल गरेका छन् ।

कार्यक्रमका प्रमुख अथिती तथा अखिल (क्रान्तिकारी) का संयोजक मिलन राईले यो देशका हरेक विद्यार्थीहरु भित्र केहिन केही प्रतिभा हुँने गरेको बताउदैं उनले बर्तमान शिक्षा प्रणाली र मुल्यांकन प्रणालीले विद्यार्थीको बास्तविक क्षमताको मुल्यांकन गर्न नसकेको बताए ।

साथै उनले यस्ता खाले कार्यक्रमको माध्यमबाट विद्यार्थीहरुको आधारभुत रुपमै भएपनी थप क्षमता अभिबृद्धिको लागी मदत गर्ने बताए ।

त्यस्तै उनले विद्यार्थी भित्र रहेका यस्ता विभिन्न प्रतिभा र क्षमतालाई विद्यालय र शिक्षकले प्रोत्साहन गर्न मदत गर्नुपर्ने समेत सुझाब दिए ।

एउटा फरक प्रसंगमा संयोजक राईले देशमा पैसा नभएकै कारण विद्यार्थीहरुका क्षमता माथि बन्देज लगाईएको बताउदै उनले आफ्नो संगठन यो समस्याको समाधानको लागि निरन्तर संघर्ष गरिरहेको बताए ।

‘यो देशमा पैसा नभएको कारण डक्टर बन्न पाइदैन्, पैसा छैन् भने इन्जिनियर बन्न पाईदैन् । तपाईहरु जस्तो ब्रिलिएण्ड क्षमता भएका विद्यार्थीहरुले पैसा नभए पनि डाक्टर, इन्जिनियर, पाईलट, र यो संसारको उत्कृष्ट वैज्ञानिक बन्न पाउनुपर्छ भन्ने एउटा संघर्षको नेतृत्व हाम्रो संगठनले गरिरहेको छ ।’

विद्यार्थीहरु माझ राजनीति फोहोरी खेल हो भन्ने गलत भास्य जबर्जस्ती निर्माण गर्न खोजिएको बताउदैं उनले यो भ्रममा नपर्ने विद्यार्थीहरुलाई अनुरोध गरे । उनले राजनीति हैन वर्तमान राजनीतिमा भित्र केही नेताहरु चै फोहोरी भएको कारण यो समस्या आएको बताए ।

आठ कक्षा पास नगरेका वा गलत मनसाय भएका व्यक्तिहरुलाई पन्छाएर नवजवान बौद्धिक युवा विद्यार्थीहरु राजनीतिमा होमिन र देशको नेतृत्व लिन आग्रह गरे ।

त्यस्तै कार्यक्रममा विशिष्ट अथिती काठमाडौं महानगरका शिक्षाअधिकृत मोति प्रसाद भट्टले विद्यार्थी संगठनले यस्ता खालका विद्यार्थीको क्षमता अभिबृद्धि गर्न र आम विद्यार्थीहरु माझ पुग्न यस्ता खाले कार्यक्रम निरन्तर गर्नुपर्ने बताए ।

उनले अहिलेका विद्यार्थी संगठनहरु आफ्नो मुल उदेश्यबाट बिमुख हुँन खोजेको प्रति सचेत गराउदैं देशको शिक्षा समस्यामा देखिएका त्यसको समाधानको लागी अखिल (क्रान्तिकारी) ले महत्त्वपूर्ण भुमिका निर्भाह गर्नुपर्ने बताए ।

संगठनका काठमाडौं जिल्ला संयोजक मिम बहादुर ऐडीको अध्यक्षता, संगठनका केन्द्रीय संयोजक मिलन राईको प्रमुख आथित्यता र काठमाडौं महानगरका शिक्षा अधिकृत मोति प्रसाद भट्टको विशेष आथित्यतामा सम्पन्न भएको कार्यक्रममा महानगरका एकदर्जन बढी विद्यालयहरुको सहभागीता रहेको थियो ।

त्यस्तै कार्यक्रममा अन्य अथितीहरुमा संगठनका केन्द्रीय सह-संयोजकद्धय पेसल दाहाल र बिरेन्द्र शाह, केन्द्रीय कार्यालय सदस्य महेश श्रेष्ट, सचिवालय सदस्य तथा प्रदेश नं. ३ संयोजक उषाकिरण आजात, सचिवालय सदस्य तथा केन्द्रीय कार्यालय सचिब डिबी शाही, सचिवालय सदस्य तथा त्रिभुवन विश्वविद्यालय समिती संयोजक गोबिन्द बिष्ट, केन्द्रीय सदस्य तथा क्याम्पस जिल्ला संयोजक बिरेन्द्र नेपाली, पशुपति क्याम्पस इकाई अध्यक्ष स्टापिन बस्नेत लगायतको उपस्थिति रहेको थियो ।