२६ लाख झोलामा बोकेर काठमाडौं उड्न लागेका कर अधिकृत पक्राउ

काठमाडौँ । नेपालगञ्ज स्थित राँझा विमास्थलबाट प्रहरीले २६ लाख नगदसहित सरकारी अधिकृतलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा आन्तरिक राजस्व कार्यालय तुल्सीपुर, दाङमा कार्यरत कर अधिकृत खगेन्द्र सापकोटा छन् ।

श्री एयरमार्फत काठमाडौँ जान लागेको अवस्थामा सापकोटालाई पक्राउ गरिएको बाँकेका एसपी सन्तोषसिंह राठौरले रातोपाटीलाई बताए ।

सापकोटालाई थप अनुसन्धान र कारबाहीका लागि प्रहरीले अख्तियारको जिम्मा लगाउने भएको छ ।