महावैको घट्टेखोलामा बन्यो काठे पुल,बाजागाजा सहति उद्घाटन
प्रकासित मिति : २०८० भाद्र २३, शनिबार ०६:५०
प्रकासित समय : ०६:५०
सुर्खेत, कालिकोटको महाबै गाउँपालिका वडा नं ३ घट्टे खोलामा काठे पुल निमार्ण भएको छ । गाउँपालिको लगानीमा घट्टेखोलामा काठेपुल निमार्ण भएको हो ।
तत्काल झोलुंगे पुल निमार्ण गर्न समय लाग्ने भएकोले १२ लाख लगानीमा काठे पुल निमार्ण गरिएको गाउँपालिका अध्यक्ष खेम बहादुर सिंहले बताएका छन । बर्षाको समय आवतजावतमा समास्या पर्ने भएकोले पालिकाले आफ्नो लगानीमा काठे पुल निमार्ण गरिएको अध्यक्ष सि.हले बताए ।
गाउँघरमा पछिल्लो समय लोक कलाकृती झल्काउने यस्ता काठे पुलहरु लोप गएको भन्दै पुरातात्विक सम्पदाहरु बचाउन समेत यस पुलको निमार्ण गरिएको हो अध्यक्ष सिंहले भने