दक्षिण कोरियाली सैनिकको दाबी– उत्तर कोरियाले फेरि क्षेप्यास्त्र प्रहार गर्‍यो

काठमाडौं । उत्तर कोरियाले बुधबार पूर्वी सागरतर्फ अनिर्दिष्ट ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाली सैनिक स्रोतले जनाएको छ ।

दक्षिण कोरिया र अमेरिकाबीच जारी प्रमुख सैन्य अभ्यासका क्रममा अनिर्दिष्ट ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको संयुक्त अभ्यास अभियानका प्रमुखले प्रक्षेपणको घोषणा गरेका हुन् । उनले यसबारे विस्तृत विवरण भने दिएका भने छैनन् । सहयोगी राष्ट्रहरूले अगस्ट २१ मा वार्षिक उल्ची फ्रिडम शिल्ड (यूएफएस) अभ्यास सुरु गरेका थिए र यो बिहीबार समाप्त हुनेछ । प्योङयाङले लामो समयदेखि मित्रराष्ट्रको सैन्य अभ्यास आफूविरुद्ध आक्रमणको पूर्वाभ्यास भएको आरोप लगाउँदै आएको छ ।

दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाले पनि यूएफएसको एक भागको रूपमा कोरियाली प्रायद्वीपमाथि कम्तीमा एक अमेरिकी बी–१ बी रणनीतिक बम वर्षकसहित संयुक्त हवाई अभ्यासको आयोजना गरेका थिए ।

उत्तर कोरियाको आधिकारिक कोरियाली केन्द्रीय समाचार संस्था (केसीएनए) ले सार्वजनिक गरेको एक तस्वीरमा उत्तर कोरियाले जुलाई १२, २०२३ मा ह्वासोङ–१८ सोलिड फ्युल अन्तर महादेशीय ब्यालिस्टिक क्षेप्यास्त्र (आईसीबीएम) प्रहार गरेको थियो ।