त्रिबिको पाठ्यक्रम विकाश केन्द्रलाई क्रान्तिकारीको १० दिने अल्टिमेटम

यस्ता छन् मागहरु ?

काठमाडौं, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट अखिल (क्रान्तिकारी) ले त्रिभुवन विश्वविद्यालय पाठ्यक्रम विकाश केन्द्रले समकक्षता मान्यता प्रदानमा गरिरहेको अनावश्यक ढिलासुस्ती र कर्मचारीहरुले दिईरहेको हैरानी लगायतका समस्याहरुको दिर्घकालिन समाधानका लागि मागपत्र बुझाएको छ ।

संगठनको त्रिभुवन विश्वविद्यालय समितीले समकक्षता सम्वन्धी समस्या समाधान गर्न माग गर्दै पाठ्यक्रम विकाश केन्द्रका कार्यकारी निर्देशक प्रा.डा. पारशनाथ यादवलाई बुधवार १० दिनको समयावधी तोकेतृ दुई बुदे मागपत्र पेश गरेको हो ।

संगठनका केन्द्रीय सचिवालय सदस्य तथा त्रिभुवन विश्वविद्यालय समिती संयोजक गोबिन्द बिष्टद्धारा हस्ताक्षरित उक्त मागपत्रमा समकक्षता सम्बन्धि भइरहेको अनावश्यक ढिलासुस्ती र कर्मचारीले दिने हैरानीको तत्काल अन्त्य गरी विद्यार्थीहरूले समकक्षताका लागि आवेदन दिएको ७ दिनभित्र समकक्षता प्रमाणपत्र उपलब्ध गराउन माग गरिएको छ ।

साथै विद्यार्थीहरुले समकक्षता प्रमाणपत्र प्राप्त गर्ने प्रक्रिया थाहा नभएर विद्यार्थीहरूले हैरानी खेप्नुपरेको र कर्मचारीहरूको झर्किने बानीले विद्यार्थीहरूलाई थप निरास बनाइरहेको समेत बनाएको बताएको छ ।

उक्त समस्याको समाधानका लागि समकक्षता प्राप्त गर्ने प्रक्रियाबारे अनलाइन मार्फत जानकारी लिन सक्ने वातावरण सृजना गर्नुका साथै समकक्षता प्राप्त गर्ने प्रक्रिया सम्बन्धि सम्पूर्ण जानकारी समेटिएको सूचना पार्टीको व्यवस्था गर्न समेत संगठनले माग गरेको छ ।

यस्तो छ मागपत्र