केएमसी कलेज गुण्डागर्दीको अखडा बन्यो : उषाकिरण आजात

कलेज भित्र हिंसा र शैक्षिक आतंक बन्द गर्न चेतावनी

काठमाडौं, अखिल (क्रान्तिकारी) ले बागबजारमा रहेको काठमाडौँ मोडेल माध्यमिक विद्यालय (केएमसी) गुण्डागर्दीको अखडा बनेको बताएको छ ।

कक्षा १२ मा विज्ञान विषय पढ्दै गरेका अविनाश यादवमाथि कलेज हाताभित्रै निर्घात कुटपिट भएको घटना प्रति ध्यानाकर्षण गर्दै संगठनका केन्द्रीय सचिवालय सदस्य तथा प्रदेश नं. ३ संयोजक उपाकिरण आजातले शनिवार एक प्रेस विज्ञप्ति जारी गर्दै केएमसी कलेज गुण्डागर्दीको अखडा बनेको बताएका छन् ।

संयोजक उषाकिरण आजातद्धारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘नेपाली विद्यार्थीहरूको अग्रदस्ता हाम्रो संगठन अखिल (क्रान्तिकारी) विद्यार्थीहरूको अधिकार र हकका निमित्त अनवरत रूपमा संघर्ष गर्दै आइरहेको छ। विद्यार्थीमाथी हुने कुनै पनि किसिमको हिंसा, शोषण र लुट हामीलाई कदापि स्विकार्य छैन । साथै विद्यालय जस्तो ज्ञानको ज्योति फैलाउने स्थानमा जातिय, भेगीय लिंगिय हिसाबले गरिने विभेद र हिंसा त हामी कल्पना पनि गर्न सक्दैनौं । तर पनि बेला बेलामा यस्ता गतिविधि भने रोकिएका छैनन् । त्यसको पछिल्लो उदाहरण बनेको छ बागबजारमा रहेको केएमसी । विद्यार्थीलाई लुटीरहेको काठमाडौं मोडेल माध्यामिक विद्यालयमा १२ क्लासमा विज्ञान विषय अध्ययन गरिरहेका अविनास यादवलाई वाडेन, कोअर्डिनेटरले जिस्क्याउने, हेप्ने गर्दै आएकोमा यहि श्रावण ११ गते कलेजको होस्टेलका वाडेन र कोअर्डिनेटरले नै योजनाबद्ध निर्घात कुटपिट गरेको विषय निकै गम्भिर छ, भने घटनाको छानविन गर्न आवज उठाँउदा उल्टै प्रहरी प्रशासन लगाएर दमन गरिएको विषय गम्भिर मात्रै छैन शैक्षिक आतंक संग संबंधित पनि छ ।’

साथै विज्ञप्तिको अगाडी लेखिएको छ, ‘विगतमा पनि एक मधेसी विद्यार्थीको रहस्यमय तरिकाले हत्या गरेको काठमाडौं मोडेल माद्यामिक विद्यालयले शिक्षा क्षेत्रमा आतंक मच्चाएको छ । शक्तिको आडमा मताएको केएमसीको प्रहरी प्रशासन पनि मतियार मात्रै बनेको छैन् निजि गुण्डामा परिणत भएको छ । जसको हाम्रो संगठन घोर निन्दा एवम् भ्रत्सना गर्दछ ।’

त्यस्तै विज्ञप्तिको अन्तमा भनिएको छ, ‘विद्यार्थीमाथि कलेजबाटै गरिएको हिंसा र शैक्षिक आतंक बन्द गर्न काठमाडौं मोडेल माद्यामिक विद्यालयलाई चेतावनी दिदै अन्यथा क्रान्तिकारी विद्यार्थीहरूको कार्वाहीको निसाना बन्ने र त्यसको मुल्य चुकाउनका लागी सो विद्यालय प्रशासनलाई तयार रहन पनि चेतावनी दिन चाहन्छौँ । साथै यो आन्दोलनमा साथ सहयोग गर्न पनि सम्पुर्ण विद्यार्थी एवम् अविभावक वर्गलाई अपिल गर्दछौं ।’

यस्तो छ विज्ञप्ति