किन लाग्यो कोहलपुरको एक ‘नमुना’ माबिको प्रशासनिक सौचालयमा ताला ?

कारण यस्तो रहेछ

कोहलपुर, बाँके जिल्लाको कोहलपुर नगरपालिकामा रहेको त्रिभुवन नमुना माध्यमिक विद्यालयको प्रशासनिक सौचालयमा अखिल (क्रान्तिकारी) ले तालाबन्दी गरेको छ ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकटको अखिल (क्रान्तिकारी) बाँकेले विद्यार्थीले बर्षौ देखि सौचालय समस्या बेहोरी रहने त्यसको समाधानको लागि प्रशासन व्यवस्थापन समितीले उचित पहल नगरेकोले विद्यायका शिक्षक, कर्माचारी लगायतले प्रयोग गर्ने प्रशासन शाखामा रहेको सौचालयमा आईतबार तालाबन्दी गरेको हो ।

संगठनका जिल्ला संयोजक तपेन्द्र न्यौपानेले एक प्रेस विज्ञप्ति जारी गर्दै बाँके जिल्लाको कोहलपुर नगरपालिकामा अवस्थित जिल्लाकै प्रतिष्ठित त्रिभुवन नमुना माध्यामिक विद्यालयमा वर्षौँदेखी शौचालय समस्याको कारण विद्यार्थीहरूले सास्ति बेहोरिरहनुपरेको घटनाप्रति हाम्रो सङ्गठनलाई गम्भीर बनाएका छन् ।

त्यस्तै उक्त विज्ञप्तिमा भनिएको छ, ‘हजारौँ विद्यार्थी भएको उक्त विद्यालयमा नाम मात्रका शौचालय छन् । जसले गर्दा विद्यार्थीहरूले शारीरिक र मानसिक स्वास्थ्य समस्या बेहोरिरहेका छन् । जिल्लाको प्रतिष्ठित मानिएको नमुना विद्यालयमा शौचालय समस्याका कारण विद्यार्थीहरूले आफ्नो पढाई नै छोडेर घर जानुपर्ने बाध्यात्मक परिस्थिति छ । यतिमात्र हैन शौचालयको दुर्गन्ध कक्षाकोठामा पुगेर विद्यार्थीहरूले बसेर पढ्न र शिक्षकहरूले समेत त्यहाँ पढाउनै नसकिने समस्या वर्षौँदेखि झेल्दै आइराख्नुपरेको छ ।’

साथै उनले यस विषयमा हाम्रो सङ्गठनले विद्यालय प्रशासन र व्यवस्थापन समिति लगायतका सरोकारवालाहरूसँग लिखित वा मौखिक रुपमा बारम्बार ध्यानाकर्षण गराउँदै आए पनि यसप्रति सम्बन्धित निकायले उक्त समस्या समाधान गर्नुको साटो कानमा तेल हालेर बस्नुका कारण सङ्गठनद्धारा विद्यालयको प्रशासनिक शौचालयमा अनिश्चितकालिन तालाबन्दी गर्नुपरेको उल्लेख गरेको छ ।

साथै उक्त तालाबन्दी विद्यार्थीहरूको शौचालयसँग सम्बन्धित समस्या यथाशीघ्र समाधान नभएसम्मका लागी जारी रहने समेत संगठनले जनाएको छ ।

विद्यार्थीको जीवनसँग जोडिएको यति सम्वेदनशिल विषयको सन्दर्भमा सरोकारवाला निकायले समाधान नखोजेर हाम्रो आन्दोलनलाई वेवास्ता गर्ने, ताला तोड्नेसम्मको हर्कत गरिएको खण्डमा हाम्रो सङ्गठन चरणबद्ध रुपमा थप कठोर सङ्घर्ष चाल्न बाध्य हुने समेत संगठनले चेतावनी दिएको छ ।

यस्तो छ विज्ञप्ति