अखिल (क्रान्तिकारी) पशुपति बहुमुखी क्याम्पसको सम्मेलन सम्पन्न, अध्यक्षमा स्टालिन

३३ सदस्य मुल इकाई समिती चयन

काठमाडौं, अखिल (क्रान्तिकारी) पशुपति बहुमुखी क्याम्पसको इकाई अध्यक्षमा स्टालिन चयन भएका छन् । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकटको भातृ संगठन अखिल (क्रान्तिकारी) पशुपति बहुमुखी क्याम्पसको आज शनिवार सम्पन्न १९ औं इकाई सम्मेलनले स्टालिन उपनामले चिनिने निकाश बस्नेतलाई अध्यक्षमा चयन भएको हो ।

सम्मेलनले बस्नेतको नेतृत्वमा ३३ सदस्य मुल इकाई समिती चयन गरेको छ । जसलो उपाध्यक्षमा वर्षा बुढामगर, सचिबमा अभिषेक दाहाल, सह-सचिब बिकाश थापा र कोषाध्यक्षमा सुवाश बम चयन भएका छन् ।

संगठनका सह-संयोजक तथा विश्वविद्यालय-सिटिईभिटी इन्चार्ज पेसल दाहालको प्रमुख आथित्यमा सम्पन्न सम्मेलनमा, कार्यालय सदस्य तथा त्रिबि विश्वविद्यालय क्याम्पस विशेष इन्चार्ज नवराज भट्ट, सचिवालय सदस्य तथा त्रिवी क्याम्पस विशेष संयोजक गोबिन्द बिष्ट, सचिवालय सदस्य तथा केन्द्रिय कार्यालय सचिव डिबी शाही, सचिवालय सदस्य नेत्र बहादुर शाही, केन्द्रीय सदस्य तथा त्रिभुवन विश्वविद्यालय संयोजक राजन साउद, क्याम्पस जिल्ला संयोजक बिरेन्द्र नेपाली, सह-संयोजक स्मृति कार्की, केन्द्रीय सदस्य लक्ष्मी पाण्डे, केन्द्रीय सदस्य गणेश थापा, कृष्ण थापा, माधब भट्ट लगायतका नेताहरुको उपस्थित रहेको थियो ।

सम्मेलनबाट नवनिर्वाचित अध्यक्ष बस्नेतले प्रतिवद्धता मन्तव्य राख्दै मालेमाबादको आधारभुत मान्यतामा रहेर क्याम्पस भित्रका शैक्षिक, भौतिक लगायतका समग्र पक्षमा सुधारको लागि संघर्ष गर्नुका साथै शिक्षा क्षेत्रमा देखिएका समस्या र त्यसको समाधानको लागी आफुहरु अनवरत रुपमा लागि समेत बताए ।