सिटीईभिटीको सानोठिमी सहित देशभरका कार्यालयमा कालोव्यानर

काठमाडौं, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट अखिल (क्रान्तिकारी) ले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिईभिटी) भक्तपुर सानोठिमी स्थित केन्द्रीय कार्यालय सहित देशैभरका कार्यालयहरुमा कालो व्यानर लगाएको छ।

केन्द्रीय समितीको पुर्व घोषित कार्यक्रम अन्तर्गत सानोठिमी स्थित केन्द्रीय कार्यालय, शुदुरपश्चिम प्रदेशको धनगडीमा रहेको प्रदेश कार्यालय, लुम्बिनी प्रदेशको वुटवल स्थित कार्यालय, कर्णाली प्रदेश सुर्खेतको विरेन्द्रनगर स्थित प्रदेश कार्यालय, गण्डकी प्रदेशको पोखरा कार्यालय लगायत सिटिईभिटीका देशैभरका कार्यालयहरुको मुल गेटमा क्रान्तिकारीले कालो व्यानर लगाएको हो ।

त्यस्तै श्रावण २ गते देशव्यापी कोणसभा गर्ने, श्रावण ३ गते प्रचारप्रसार र पम्पलेट वितरण गर्ने र श्रावण ४ गते सिटिईभिटी अन्तर्गतका एचए, फार्मेसी र नर्सिङ कार्यक्रम सञ्चालित सम्पूर्ण शैक्षिक सस्थाहरुमा हडतालको घोषणा समेत गरेको छ ।

सिटिईभिटीले असार २९ गते नर्सिङ, एचए र फार्मेसी लगायतका कार्यक्रममा वृद्धि गरेको शुल्कको विरुद्ध तालाबन्दी लगायत निरन्तर संघर्षका कार्यक्रमहरु गर्दै आएको छ ।