सिटिईभिटी विरुद्ध क्रान्तिकारीद्धारा संघर्षका कार्यक्रम घोषणा

श्रावण ४ गते देशभर शैक्षिक हडताल

काठमाडौं, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिईभिटी)ले शुल्क वृद्धि गरेको भन्दै अखिल (क्रान्तिकारी) ले देशैभर आम शैक्षिक हडतालको घोषणा गरिएको छ ।

आईवार संगठनको केन्द्रीय समितीको तर्फबाट संयोजक मिलन राईले एक प्रेस विज्ञप्ति जारी गर्दै आम शैक्षिक हडताल सहितका संघर्षको घोषणा गरेका हुन् ।

सिटिईभिटीले निजी शैक्षिक संस्थाका मालिकहरु संगको मिलेमतोमा शैक्षिक सत्र २०८०/०८१ मा लागू हुने गरि पिसिएल नर्सिङ, एचए र फार्मेसी लगाएतका स्वास्थ क्षेत्रका प्राविधिक कार्यक्रममा चर्को रुपमा शुल्क वृद्धि गरिएको प्रति संगठनले विरोध जनाएको छ ।

जनताको व्यापार, व्यवसाय धरासायी बनिरहेको र आयआर्जन घटेर जनजीवन कष्टकर बनिरहेको विषम परिस्थितिमा सिटिईभीटीले गरेको शुल्क वृद्धि गैरन्यायिक, अमानवीय र अपराधीक समेत भएको बताएको छ ।

निजी शैक्षिक संस्थाका मालिकहरुसँगको मिलेमतोमा गरिएको शुल्क वृद्धि तत्काल खारेज गर्न जोडदार माग गर्दै आइबार संगठनले सदस्य सचिवको कार्यकक्षमा तालाबन्दी गरेको बताएको छ ।

साथै सिटिईभिटीको आन्दोलनलाई थप प्रभावकारी बनाउन श्रावण १ गते केन्द्रीय कार्यालय, र प्रदेश कार्यालयमा कालोब्यानर लगाउने, २ गते देशव्यापी कोणसभा गर्ने, श्रावण ३ गते प्रचारप्रसार र पम्पलेट वितरण गर्ने र श्रावण ४ गते सिटिईभिटी अन्तर्गतका एचए, फार्मेसी र नर्सिङ कार्यक्रम सञ्चालित सम्पूर्ण शैक्षिक सस्थाहरुमा हडतालको घोषणा गरेको छ ।