दुई संगठनको एकतापछी बनेको अखिल क्रान्तिकारीको संयोजकमा मिलन राई

काठमाडौं, दुई वटा क्रान्तिकारी विद्यार्थी संगठनको एकता पछी बनेको अखिल (क्रान्तिकारील) को केन्द्रीय संयोजकमा मिलन राई चयन भएको छन् ।

यही असार १८ र १९ गते काठमाडौंमा भएको दुई वटा विद्यार्थी संगठनको एकता भेलाले राईको नेतृत्वमा १ सय २५ सदस्य एकता सम्मेलन आयोजक समिती गठन गरेको हो ।

धर्मेन्द्र वास्तोला ‘कञ्चन’ नेतृत्वको नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) र मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी निकट अखिल (क्रान्तिकारी) विच एकता भएको हो ।

दुई संगठनको एकता पश्चात संयोजकमा निर्वाचित राई साविकको नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) का अध्यक्ष थिए ।

संगठनका एक नेताका अनसार आउदो मशिर सम्म संगठनको एकताको राष्ट्रिय सम्मेलनको गर्ने गरि तयारी गरेको बुझिएको छ ।