अखिल क्रान्तिकारीको केन्द्रीय एकता भेला काठमाडौंमा सुरु

काठमाण्डौं, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट अखिल (क्रान्तिकारी) को केन्द्रीय एकता भेला सुरु भएको छ ।

धर्मेन्द्र बास्तोला ‘कञ्चन’ नेतृत्वको नेकपा (बहुमत) र मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी विचको एकता पछि बनेको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट दुई वटा विद्यार्थी संगठनहरुको एकता भेला सोमवार काठमाडौंमा सुरु भएको छ ।

भेला आयोजक समिती संयोजक समिती मिलन राईको अध्यक्षता सुरुभएको भेलाको प्रमुख अथिती पार्टी केन्द्रीय कार्यालय सदस्य सिपी गजुरेल रहेका छन् ।

त्यस्तै अन्य अथिहरुमा कार्यालय सदस्य तथा प्रदेश नं. ३ का इन्चार्ज हेमन्त प्रकाश वली ‘शुदर्शन’, जनमुक्ति सेनाका कमाण्डर तथा पार्टी केन्द्रीय कार्यालय सदस्य उदय बहादुर चलाउने ‘दिपक’, अखिल (क्रान्तिकारी) का पुर्व अध्यक्ष तथा सचिवालहरु सरद रसाइली, पुर्ण बहादुर सिंह, हरिकृष्ण गजुरेल लगायतका नेताहरुको उपस्थिती रहेको छ ।

भेलामा साविकको दुई वटै अखिल (क्रान्तिकारी) केन्द्रीय समितीमा रहेका देशैभरका केन्द्रीय नेताहरुको उपस्थित रहेको छ । भेलाले नया नेतृत्व चयन सहित भोलि मंगलबार सम्म चल्ने बुझिएको छ।