बागेश्वरी क्याम्पसका विद्यार्थीहरुले मनाए गुरुपुर्णिमा

कोहलपुर, मध्यपश्चिम विश्वविद्यालयको एकमात्र आंगिक क्याम्पस वागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरका विद्यार्थीले गुरु पुर्णिमा भव्य रूपमा मनाएका छ्न ।

गुरु पुर्णिमा हिन्दू संस्कृतिको मुख्य परम्परा हो । अखण्डं मंडलाकारम् व्याप्तयेन चराचरम् । तत्पदं दर्शितंयेन तस्मै श्री गुरभ्य नमः। गुरु ब्रह्मा गुरु विष्णु गुरु देवो महेश्वर । गुरु साक्षात परब्रह्म तस्मै श्री गुरुवे नम: । गुरु पुर्णिामा तथा व्यास गुरु जयन्तीकाे अवसरमा जीवनको आरम्भदेखि शिक्षा एवम् दिक्षाको मार्गदर्शन गर्नुहुने सम्पूर्ण गुरूवर्गहरू प्रतिको उच्च सम्मानमा यो पर्व मनाउदै आएको पाईन्छ ।

वास्तवमा गुरु पुर्णिामाको उपलक्ष्यमा मलाई गायत्री श्रवण गताउने गायत्री गुरु, वेद शिक्षा प्रदान गर्ने वेद गुरु, दीक्षा मन्त्र श्रवण गराउने दीक्षा गुरु र अक्षराङ्क देखि विश्वविद्यालय तह सम्मको ज्ञान दिनुहुने सम्पूर्ण समआदरणीय गुरूहरूप्रती स्मरण र सम्मान गर्दै यो गुरु पुर्णिामा मनाउने प्रचलन हिजोको ऋषिकुल समय देखि नै कायम थियो । हिजो शिष्य द्रोणाचार्यले आफ्नो गुरुको सम्मान गर्दै आफ्नो दायाँ हातको पैते औला काटेर समेत दिएको हिन्दु धर्ममा उल्लेख गरिएको छ ।

बागेश्वरी बहुमुखी क्याम्पस शिक्षा शास्त्र संकायमा अध्ययनरत विद्यार्थीहरुले केक काट्न लगाई प्राध्यापक गुरुहरुहरुको सम्मान गरेका थिए । केक काट्दैक्याम्पस प्रमुख दान बहादुर यो संस्कृतलाई जोगाई राख्न विद्यार्थीहरु लाई धन्यवाद दिएका थिए । गुरु शब्द आफैमा ओझिलो र गर्व गर्न लायक भएकोले गुरु र शिष्हरुको सम्बन्ध नजिक हुनुपर्नमा सबैको जोड थियो ।

वागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरमा विगत देखि नै यो परम्परा लाई मनाउदै आएको र गुरुहरु पनि आजको २१ औ शताब्दीको गुरु नभैइ हिजोको परम्परागत हुनुपर्ने, हरेक गुरुहरुल्ल्ले दिएको शिक्षा तथा सीप लाई शिष्यहरुले अंगिकार गर्नु पर्ने कुराको वकालत गर्दै गुर पुर्णिमा दिवस मनाएको उप प्राध्यापक एकराज शर्माले जानकारी दिए । यो संस्कार आजभोलि विदेशी संस्कृती भित्रीएकोले हराउदै गएको बेला यसको निरन्तरता दिनु अनुशासनमा रहेर संस्कारको पालन गर्नु राम्रो भएकोले आयोजक विद्यार्थीलाई समेत धन्यवाद दिए । गुरु पुर्णिमा दिवस शिक्षाशास्त्र संकाय स्नातक तह दोस्रो र चौथो तहमाअध्ययनरत विद्यार्थीले आयोजना गरेका थिए ।