विज्ञान संकाय सन्चालार्थ बागेश्वरी बहुमुखी क्याम्पसले गर्यो सरोकारवाला संग अन्तर्क्रिया

कोहलपुर, क्याम्पसको समृद्धिमा जनप्रतिनिधि तथा सरोकारवाला पक्षको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम मध्यपश्चिम विश्वविद्यालय बागेश्वरी बहुमुखी क्याम्पसमा सम्पन्न भएको छ ।

कार्यक्रमको सुरुवातमै क्याम्पस प्रमुख दान बहादुर हमालले वागेश्वरी बहुमुखी क्याम्पसमा स्नातक दिल्ली स्नातकोत्तर तह सम्म शिक्षा, मानविकी र व्यवस्थापन संकायमा पढाइ हुँदै आएको भएपनी आजको एकाईसौ शताब्दीमा विज्ञान र प्रविधिको पठनपाठन गर्न असहज भएकोले जनप्रतिनिधिहरुले क्याम्पसको समृद्धिमा आर्थिक सहयोग गर्न अनुरोध गरेका थिए ।

उक्त कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा बाँके क्षेत्र नं १ का संघीय सांसद माननीय सुर्य प्रसाद ढकालले जनताबाट स्थापित यो क्याम्पसको समग्र विकासको लागि सबै सरोकारवाला निकायको अहम भूमिका हुनुपर्ने कुरामा जोड दिए । उनले क्याम्पसको सहयोगमा आफू तल्लीन हुने वताए । उनले आफ्नो निर्वाचन क्षेत्र ठूलो भएको तिनवटा स्थानीय निकाय भएको वताए । आफू बांकेको कोहलपुर राप्तिसोनारी नरैनापुर लगायतका स्थानीय निकायको विकास क्रमशः विकास गर्ने वताए । उनले बागेश्वरी बहुमुखी क्याम्पस लाई बांके बर्दिया दाङ जिल्लाको उत्कृष्ट शैक्षिक संस्था निर्माण गर्न आफुहरु लागेको वताए । उनले क्याम्पसको पुर्वाधार निर्माणको लागि स्थानीय सरकार सकारात्मक भएको वताए । उनले क्याम्पसमा प्राविधिक धार विज्ञान संकायको पठनपाठन गर्न आवश्यक पर्ने पुर्वाधार निर्माण गर्नमा सहयोग गर्ने वताए ।

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सभा सदस्य एवम कार्यक्रमका विशिस्ट अतिथि सन्जु कुमारी थारुले बागेश्वरी बहुमुखी क्याम्पस लाई हेर्ने दृस्टिकोण फरक रहेको वताईन । उनले यश क्याम्पस लाई प्राविधिक शिक्षाको लागि सहयोग गर्ने वताईन । उनले बजेट दिने ठाउँमा नभई माग्ने ठाउँमा भएको वताईन । उनले सांसद विकास कोषको डल्लो बजेटबाट विनियोजन गर्न पहल गर्ने वताईन । उनले आफू कोहलपुर नगरपालिकाको उपप्रमुख हुंदा पनि क्याम्पसमा बजेटको विनियोजन गरि क्याम्पसको विकासमा सहयोग गरेको वताईन । उनले आफू सरकारको नेतृत्व गरेको दलको सांसद भएकोले सहयोग गर्ने प्रतिवद्द्ता व्यक्त गरिन ।

यसैगरी कार्यक्रमा बोल्दै लुम्बिनी प्रदेश सभा सदस्य एवम् कार्यक्रमका विशिस्ट अतिथि बसन्ती अधिकारीले कोहलपुर निर्माणको लागि पाटी नहेरेको वताईन । उनले आफुहरु सरकारमा नभएको र प्रतिपक्षी दलमा रहेकोले बागेश्वरी बहुमुखी क्याम्पसको लागि केही रकम माग गरेको व्यक्त गरिन । उनले आफुहरुले राखेको योजना रातो किताबमा आए मात्र विश्वास हुने वताईन । उनले स्थाई सरकार कर्मचारी भएकोले पनि बजेट बिनियोजनमा समस्या भएको वताईन । उनले समानुपातिक सांसद भएकोले बजेटमा विभेद गरिएको जानकारी गराईन । उनले समानुपातिक सांसदको संसद विकास कोशमा पचहत्तर लाख मात्र दिएकोले निकै गाह्रो भएको वताईन । उनले आफ्नो बजेट रझेना जाने बाटो र सव बाह्रनमा हालेको वताईन र क्याम्पसको लागि केही बजेट विनियोजन गर्ने वताईन । उनले क्याम्पसको कुनैपनी विकासमा आफू अहोरात्र लाग्ने कुरामा प्रवद्द्ता व्यक्त गरिन ।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेस कोहलपुर नगर सभापति विरेन्द्र कुमार शाहले बागेश्वरी बहुमुखी क्याम्पसको वृहतर विकासमा आफ्नो पाटीले सहयोग गर्ने प्रतिवद्दता व्यक्त गरे । उनले क्याम्पसमा विज्ञान संकायको पठनपाठन गर्न विज्ञान प्रयोगशालाको निर्माणका लागि कोहलपुर स्थानीय सरकार तथा नेपाली कांग्रेसले सहयोग गर्ने प्रतिवद्द्ता व्यक्त गरे ।
कार्यक्रममा बोल्दै नेकपा एमालेका नगर अध्यक्ष नम प्रसाद शर्माले क्याम्पसको विकासमा आफू आफ्नो पाटीले सहयोग गर्ने वताए । उनले प्राज्ञिक व्यक्तिहरु विदेशीनु दुखद भएको वताए । उनले क्याम्पसको लागि नयाँ संकाय थप गर्न सहयोग गर्ने वताए

यस अघिको कार्यक्रममा कोहलपुर नगरपालिकाका नगर प्रमुख पुर्ण प्रसाद आचार्यले क्याम्पसमा विज्ञान संकाय पठनपाठन गरेमा विज्ञान प्रयोगशाला निर्माण सहित अन्य कार्यमा सहयोग गर्ने वताएका थिए । कार्यक्रममा संस्थापक स्व वि यु सभापति अब्दुल हुसेन खांले क्याम्पसमा प्राविधिक धारको पठनपाठन गर्न र क्याम्पसको जग्गा थप गर्न जनप्रतिनिधि लाई आग्रह गरे ।

कार्यक्रममा प्राध्यापक संघका सभापति राज कुमार चन्द, प्रजातन्त्रवादी प्राध्यापक संघका बागेश्वरी बहुमुखी क्याम्पस एकाई सभापति एकराज शर्मा, प्रगतिशिल प्राध्यापक संघका अध्यक्ष ज्ञानेन्द्र शाही, रास्टिय प्राध्यापक संघका अध्यक्ष जयकृष्ण न्यौपाने, स्ववियु अध्यक्ष देवेन्द्र बुढा, नेपाल विद्यार्थी संघका क्याम्पस एकाई सभापति राम प्रसाद पान्डे, अनेरास्ववियुका एकाई अध्यक्ष महेन्द्र प्रकाश मल्ल सहित विभिन्न संघ संगठनका अध्यक्ष एवम् प्रतिनिधिहरु, पुर्व क्याम्पस प्रमुखहरु, प्राध्यापक, कर्मचारी र विद्यार्थी र सन्चाकर्मी लगायतको उपस्थित रहेको थियो । क्याम्पस प्रमुख दान बहादुर हमालको सभापतित्वमा सम्पन्न कार्यक्रमको सहजीकरण खोपिराम वलीले गरेका थिए ।

कार्यक्रममा सम्पूर्ण माननीयज्यु लाई क्याम्पसको समृद्धिको लागि मागपत्र पेश गरिएको निवर्तमान क्याम्पस प्रमुख शिशिर कुमार शर्माले जानकारी दिए ।