रोल्पाको त्रिबेणीमा गरियो विज्ञान प्रतिभा पहिचान कार्यक्रम

रोल्पा, विद्यार्थीहरुको क्षामता अभिबृद्धीका लागि रोल्पाको त्रिबेणी गाउँपालिकामा पालिकास्तरीय विज्ञान प्रतिभा पहिचान कार्यक्रम गरिएको छ । “विज्ञान र प्रविधिमा लगानी विस्तार, समुन्नति र समृद्धिको आधार ” भन्ने मुल नारा सहित त्रिवेणी गाउँपालिकाको जुगारमा गरिएको हो ।

त्रिबेणी गाउँपालिका रोल्पाको आयोजना तथा विज्ञान शिक्षक समाज नेपाल, रोल्पाको प्राविधिक सहयोगमा प्रतिभा पहिचान कार्यक्रम भएको बताइएको छ ।

विज्ञान प्रतिभा पहिचान कार्यक्रममा सहभागी भएका विद्यार्थीहरुले विद्युतीय सामान, खेर गइरहेका कागज, फलाम प्रयोग गरेर जेसीबी, स्काभेटर , सौर्यमण्डल, मिसाईल, एटीएम मेसिन, खाने पानी वितरण मेसिन, हवाईजहाज, मिल, घिर्नि,सौर्य ऊर्जा प्रणाली , प्रोजेक्टर, ट्राइपट पङ्खा, मोबाइल फोन सेट, ल्यापटप, पैसा छाप्ने मेसिन र बाफ लिने मेसिन आदि सामग्री प्रदर्शन गरेका थिए ।

त्रिवेणी गाउँपालिका रोल्पाको आयोजना तथा विज्ञान शिक्षक समाज नेपाल रोल्पाको प्राविधिक सहयोगमा सञ्चालन गरेको सो प्रतियोगितामा त्रिवेणी गाउँपालिका सातै वडा का १७ विद्यालयका विद्यार्थि प्रतिस्पर्धी थिए । ती विद्यार्थीले वैकल्पिक माध्यमबाट आ–आफ्ना प्रविधियुक्त परियोजना प्रस्तुत गरेका थिए ।

ती विद्यार्थीले निर्माण गरेका परियोजनाको मूल्याङ्कन त्रिवेणी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत निम बहादुर के.सी., चन्द्रप्रभा मा.वि. मिझिङ रोल्पाका शिक्षक नेत्रलाल भट्टराई , त्रिवेणी गाउँपालिका सुचना प्रविधि अधिकृत भरत डि.सी. रहनुभएको थियो ।

उक्त प्रतियोगितामा श्री जनजागृति माध्यमिक विद्यालय जुगार प्रथम , श्री सिद्धरत्न मा.वि. हान्जवाङ द्वितीय, श्री जनकल्याण मा.वि. सिम्पानि तृतीय र श्री विरेन्द्र मावि गाङ सान्त्वना भएका हुन । उत्कृष्ट भएका विद्यार्थीलाई क्रमशः १० हजार, आठ हजार, छ हजार पाँच सय र सान्त्वना हुनेलाई पाँच हजार नगद र प्रमाणपत्र प्रदान गरिएको छ ।

उक्त कार्यक्रमको अवसरमा असिम राणाको अध्यक्षतामा १५ सदस्यीय त्रिवेणी गाउँपालिका स्तरीय विज्ञान शिक्षक समाज नेपाल कार्यसमिति गठन पनि गरिएको छ ।

विज्ञान शिक्षक समाज नेपाल रोल्पाका अध्यक्ष मान बहादुर बस्नेतको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रम त्रिवेणी गाउँपालिका अध्यक्ष कर्ण बहादुर बाँठा मगर , प्रमुख प्रशासकीय अधिकृत निम बहादुर केसी, त्रिवेणी गाउँपालिका आर्थिक विकास समितिका संयोजक कृष्णबहादुर केसी, कार्यपालिका सदस्य सम्झना तिरुवा , शिक्षा शाखा प्रमुख लिला घर्ती , सुचना प्रविधि अधिकृत भरत डि.सि. , जिन्सी शाखा प्रमुख भुप बहादुर केसी, महिला वालवालिका शाखा प्रमुख हिरा बुढा , लगाएत विद्यालयका प्र.अ. ,शिक्षक, पालिकाका अन्य कर्मचार , विद्यार्थीहरुको उपस्थिति रहेको थियो। यस्तै कार्यक्रमको सहजिकरण प्रशासन प्रमुख प्रेम प्रकाश पुनले गर्नु भएको थियोे ।