नेपालगन्ज उप-महानगरपालिका-४ को वडाभेला सम्पन्न

नेपालगन्ज, बाँकेको नेपालगन्ज उप-महानगरपालिका वडा नं. ४ का वडाभेला सम्पन्न भएको छ । बिहिवार उक्त भेलालाई सम्बोधन गर्दैं नेपालगन्ज उप-महानगरपालिका – ४ का वडाध्यक्ष गोपाल पुनले आफ्नो वडालाई नमुना बनाउने कार्यमा दृढ भएको बताएका छन् ।

उनले वडाबासीको मागलाई प्राथमिकता दिदै अब हुने आर्थिक बर्ष ०८०-८१ मा नेपालगन्ज उप-महानगरपालिका भित्र पर्ने सडक, विजुली वत्ती, शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका योजना माग गरेका र सोही अनुसार नै वार्षिक कार्य योजना तर्जुमा गरिने बताए ।

टोलबासी योजना माग नै वडाको विकास भएको बताउदै उनले गाउँ टोलमा देखिएका तमाम समस्या बुझेर समाधान गर्ने बताए ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ का सडक बति सोलार लाइट जडान, वडाका विद्यालयमा निगरानी, राजस्व संकलनमा जोड, विद्यालय र स्वास्थ्य संस्थाहरुको स्तरोन्नति, धार्मिक स्थल लगायत सार्वजनिक जग्गाको संरक्षण, सीप विकास कार्यक्रम सञ्चालन, कृषिको लागि प्रोत्साहित गर्ने र आत्मनिर्भर गराउने कार्यक्रमलगायत योजना अघि बढाउने समेत वडाध्यक्ष पुनले बताए ।

उक्त भेलाले आर्थिक वर्ष २०८०-८१ को लागि वार्षिक कार्य योजना तर्जुमासहित गरेको हो । भेलामा विभिन्न राजनीतिक दलका अगुवा, शिक्षक, समाजसेवी, संघ-संस्थाका प्रतिनिधि र वडावासीको उपस्थितिमा रहेको थियो ।