वागेश्वरी बहुमुखी क्याम्पसले गर्यो अन्तरक्रिया कार्यक्रम

काठमाण्र्डाै, मध्यपश्चिम विश्वविद्यालय वागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरले एक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । २०४८ सालमा स्थापित यस क्याम्पसमा स्नातक र स्नातकोत्तर तहमा विभिन्न संकायमा धेरै विषयहरु पठनपाठन गर्दै आएको छ । शैक्षिकसत्र २०७९ मा व्यवस्थापन संकायको वि वि ए कार्यक्रम सन्चालन गरेको हो ।

मध्यपश्चिम, सुदुरपश्चिम र लुम्बिनी प्रदेशको केन्द्रविन्दुमा रहेको कोहलपुर क्षेत्रमा विज्ञान विषयको पठनपाठन नहुंदा यस क्षेत्रका शैक्षिक संस्थाले आवश्यक जनशक्ति पाउन नसकेको अवस्था छ । स्नातक तहमा विज्ञान संकाय कार्यक्रम सन्चालनार्थ विभिन्न सरोकारवाला निकायसंग अन्तरक्रिया गरेको हो ।

अन्तरक्रियामा सहभागीहरुले आजको समयमा कोहलपुर शैक्षिक हव बन्दै गएको र त्यसको सफलताको लागि विज्ञान संकाय कार्यक्रम अनिवार्य गर्नु पर्ने धारणा व्यक्त गरेका छ्न । उनीहरुले कोहलपुरमा झन्डै ३ र ४ विद्यार्थीहरु विभिन्न विद्यालयमा कक्षा ११ र १२ मा अध्ययन गरिएका छ्न । ती विद्यार्थीहरु वि एससि अध्ययन गर्न बाहिर जानुपर्ने बाध्यता हुन नदिन आगामी शैक्षिकसत्र देखि सन्चालन गर्न अनुरोध गरे ।

उनीहरुले कोहलपुरमा सरकारी तथा निजि विद्यालयमा विज्ञान विषयको जनशक्ति निकै आभाव भएकोले पनि तत्काल यसको नेतृत्व सरकारी क्याम्पसको हैसियतले वागेश्वरी क्याम्पसले गर्नु पर्ने धारणा राखेका छ्न ।

यस क्याम्पसले विज्ञान संकायको सुरुवात गरेमा हरेक दृस्टिकोणबाट आफुहरु साथ सहयोग गर्ने प्रतिवद्द्ता समेत व्यक्त गरे । यस अघि नै कोहलपुर नगरपालिकाका नगर प्रमुख पुर्ण प्रसाद आचार्यले विज्ञान संकाय सन्चालन गरे स्थानीय सरकारले सक्दो सहयोग गर्ने प्रतिवद्दता समेत व्यक्त गरेका थिए ।

उक्त अन्तरक्रिया कार्यक्रममा प्याव्सन बांकेका अध्यक्ष यम रावत, प्याव्सन कोहलपुर, एअन प्याव्सनका शिव डांगी, कृसा बांके, गोर्खा युनाईटेड पब्लिक स्कुलका अध्यक्ष केशर बहादुर आले, राम जानकी मा वि का निर्देशक दिनेश सिग्देल, ज्ञानज्योति मा वि का सहायक प्र अ नेमकान्त दहाल, त्रिभुवन नमुना माध्यमिक विद्यालयका प्रतिनिधि गणेश पौडेल, लक्षमण कुवर, तरुन थारु, स्व वि यु अध्यक्ष देवेन्द्र बहादुर बुढाले आ आफ्नो धारण सहित साथ र सहयोगमा गर्ने प्रतिवद्दता व्यक्त गरेका थिए । उनीहरुले आफुहरु व्यक्तिगत एवम् संस्थागत तवरबाट सहयोग गर्न तयार रहेको धारण व्यक्त गरे ।

उक्त कार्यक्रममा पुर्व क्याम्पस प्रमुखहरु, सहायक क्याम्पस प्रमुखहरु, प्राध्यापक संघका अध्यक्ष लगायत प्राध्यापक कर्मचारीको उपस्थित रहेको थियो । निवर्तमान क्याम्पस प्रमुख शिशिर कुमार शर्माले गरेको स्वागत मन्तव्य दिएको कार्यक्रमको अध्यक्षता क्याम्पस प्रमुख दान बहादुर हमालले गरेका थिए । कार्यक्रमको सहजीकरण पाठ्यक्रम तथा मूल्याकंन विषयका उप प्राध्यापक एकराज शर्माले गरेका थिए ।