अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष मिलन राई सहित १६ जना काठमाडौंबाट गिरफ्तार

काठमाण्डौं, क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट अखिल (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष मिलन राईलाई प्रहरीले प्रकाउ गरेको छ ।

अध्यक्ष राई सहित १६ जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गेट अगाडिबाट आज प्रहरीले नियन्त्रणमा लिएको हो ।

गिरफ्तार पर्नेमा अध्क्षक्ष राई सहित संगठनका अर्का अध्यक्ष हरिकृष्ण गजुरेल, उपाध्यक्ष बिरेन्द्र शाह, महासचिव पेसल दाहाल, सचिव उषाकिरण आजात र नेत्र शाही, युवा जनस्वयमसेवक नेपालका महासचिव झलक विक, कोषाध्यक्ष कविता कार्की, विद्यार्थी संगठनका केन्द्रीय कार्यालय सदस्यहरु डिबि शाही, गोबिन्द बिष्ट, निराजन किराँती, रमेश सुनार केन्द्रीय सचिवालय सदस्य सपना पुन, केन्द्रीय सदस्य नवराज विक, सयन्द्र राई र क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका केन्द्रीय सदस्य केबि मल्ल रहेका छन् ।
प्रचण्ड सरकारले भारत भ्रमणकोको क्रममा विभिन्न देशको हित विपरीतका सन्धिसम्झौताहरु गरेको भन्दैं प्रधानमन्त्री लाई अन्तराष्ट्रिय विमानस्थलमै उनिहरुको कालोझण्डा देखाउने कार्यक्रम रहेको बुझिएको छ ।

४ दिने भारत भ्रमण सकी प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किँदै छन् ।