नेपाल र भारतबीच सात वटा मुख्य सम्झौतामा हस्ताक्षर

यस्ता छन सम्झौता 

काठमाडौँ। नेपाल र भारतबीच सात वटा मुख्य सम्झौतामा हस्ताक्षर भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको क्रममा बिहीबार द्वीपक्षीय सम्झौतामा हस्ताक्षर भएको हो ।

तल्लो अरुण, फुकोट कर्णाली, पेट्रोलियम पाइपलाइन, क्रस बोर्डर पेमेन्ट लगायतका समझदारीमा हस्ताक्षर भएको छ । बिहान भएको प्रतिनिधिमण्डलस्तरीय वार्तापछि पत्रकार सम्मेल मार्फत् सहमति सार्वजनिक भएको हो । नेपालका प्रधानमन्त्री प्रचण्ड र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पत्रकार सम्मेलन गर्दै सहमतिबारे जानकारी दिएका हुन् ।

नेपाल र भारतबीच  सम्झौता 

–भारतको बथनाहाबाट विराटनगर कस्टम यार्डसम्मको कार्गो रेल सेवाको उद्घाटन

–सुनौली भैरहवा इन्टीग्रेटेड चेकपोस्टको शिलान्यास

–नेपालगञ्ज रूपैडिया इन्टीग्रेटेड चेकपोस्टको उद्घाटन

–अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाईनको शिलान्यास

–सिलीगुड़ी–झापा पेट्रोलियम पाईपलाईन निर्माण कार्यको समझदारी

–दोधारा चाँदनी इन्टीग्रेटेड चेक पोस्ट निर्माणको समझदारी

–फुकोट कर्णाली हाईड्रोपावर प्रोजेक्टमा सम्झौता

–क्रस बोर्डर पेमेन्टबारे समझदारी