जब हिरासतबाट लाल सलामका मुठ्ठीहरुले श्रद्धाञ्जली अर्पण गर्‍यौं

संसदिय ब्यबस्थाको कालो बादल आकाशमा मडारी रहेको थियो यस्ले श्रमिक जनताको प्यारो धर्ती सपनाको फुलबारीमा कहिले असमानता र विभेद अभाव र संकट बेरोजगारीको चट्याङ असिना बर्सा बर्साइ रहन्थ्यो त कहिले अज्ञानता र पराधिनताको । हो त्यही कालो बादललाई पन्छाउदै धर्तीमा लालकिरण छर्न असमानता र बिभेदबाट मुक्त हुन अभाव संकट र पराधिनताबाट मुक्त हुन बिर्दोह गर्दै क्रान्तीको रातो झन्डा बोकेर कहिले हिमालका हिमश्रृङखला त कहिले तराईका नौकुसे झाडी र त कहिले सहरका गल्ली चोक र सडकहरुमा कुदिरहेको थियो । जस्को उदेश्य थियो जर्जर अवस्थाबाट गुर्जिरहेको नेपाललाई स्वाधीन र स्वाभिमान बनाउने संसदिय ब्यबस्थालाई बदलेर बैज्ञानिक समाजवाद स्थापना गर्ने ।

लेखक

ठिक त्यही समयमा मुक्तिको बिगुल फुक्दै सुतिरहेका गाउँ बस्ती जगाउदै हिडिरहेको थियो युवा जनस्वयमसेवक नेपालमा कार्यरत तिर्थ घिमिरे कमरेड राजु पुर्बी नेपालको भोजपुरमा पार्टी सङ्गठनको काममा खटीरहेकै समयमा संसदिय ब्यबस्थाका बैरीहरुले कमरेड राजुलाई २०७६ जेष्ठ ७ गते हत्या गरेका थिए । कमरेड राजुको उन्मुक्त सपना र अजय संकल्पलाई पुरा गर्ने र जनहत्यारा केपि सरकारका विरुद्ध संघर्ष गर्ने प्रक्रियामा जेष्ठ १० गते पार्टीको केन्द्रिय कार्यक्रम अनुसार त्यस्को प्रतिरोध र बिरोध स्वरुप देशैभरी पर्दशनहरु भए । हामीले पनि काठमाडौंको रत्नपार्कमा घाइते बाघ गर्जे जसरी आक्रोशित जुझारु पर्दशन गरेका थियौं । यो प्रदर्शनमा चर्काचर्का नाराहरु लगाउने मध्येमा म पनि एउटा थिए । पर्दशन पछी कोणशभा कार्यक्रम भयो । कोणसभा कार्यक्रममा अखिल (क्रान्तीकारी) का केन्द्रिय सचिवालय सदस्य कमरेड बिरेन्द्र लुहार ले आफ्नो मन्तव्य राख्नु भयो स्वभाबिक रुपमा उहाँको मन्तव्यमा आक्रोश बिद्रोह प्रतिरोध र प्रतिशोधको भाब झल्किन्थ्यो ।

लेखक

सायद त्यही भयर पनि होला कमरेड बिरेन्द्रलाई मन्तव्य सक्ने बित्तिकै गिरफ्तार गरेको चर्काचर्का नाराहरु लगाएकै हुनाले मलाई पनि कार्यक्रम स्थलबाटै गिरफ्तार गरेको छात्राहरुको तर्फबाट कार्यक्रमलाई ब्यबस्थित बनाउन राम्रो चहलपहल गरेकै कारण कमरेड तारा संज्याललाई गिरफ्तार गरेको त्री चन्द्र क्याम्पसमा राम्रो काम कार्य अगाडी बढाई विद्यार्थीहरुको मन जित्न सफल भएका कारण बुद्दहाङ्ग राईलाई गिरफ्तार गरेको । हामी चारै जना (बिरेन्द्र, रमेश, तार, बुद्द) कार्यक्रम स्थलबाटै गिरफ्तार गरी दरबारमार्ग प्रहरी बृतको हिरासतमा लगेर राखियो ।। 

अपरान्हको चार बजेको थियो अलिअलि न्यास्रो अलिअलि आन्दोलित मनलाई थमथमाउदै हिरासतको त्यो अध्यारो कोठामा प्रवेश गर्‍याैं । जब हामी हिरासतमा प्रवेश गर्‍याै जेष्ठ १ गतेको विद्यार्थी दिबश कार्यक्रम बाट गिरफ्तार हुनु भएका सङ्गठनका तत्कालीन केन्द्रीय सदस्य क. मदन चन्द र प्रेम बहादुर शाही, मुगु जिल्ला अध्यक्ष नरश्वर बुमीलाई गिरफ्तार गरी त्यही राखेको रहेछ। सुरुमा नै मैले लाल सलाम है कमरेडहरु भने अरु कमरेडहरुले पनि भन्नु भयो जब हामिले लाल सलाम भन्यौं हिरासतको माओल बद्लियो । सबैले हाम्रो अनुहारमा हेरे मानौँ उनिहरुले अनुमान गरीहाले कि यिनिहरु विद्रोही माओवादी रैछन् ।

सुनेको थिए हिरासतमा आउने नयाँ मान्छेलाई अलि पृथक ब्याबहर गर्छन रे, पुराना त्याहाँका बन्दीहरूले । सायद हामी बहुमत टिम भएर होला कसैले हस्तक्षेप गर्न नसकेको । त्यो रात खच्याक खुचुक्क सुतीरहेका मान्छेहरुको भिडमा हामि पनि कच्याक कुचुक्क परेर सुत्यौ । ११ गते हिरासतका बन्दी साथिहरु संग परीचय सङ्गै राजनैतिक छलफल गर्दै बित्यो । जेष्ठ १२ गते दिन भर जसो त्यसै गरीनै बित्यो। झिसमिसे गोधुली तिर एक जना प्रहरी साथी आएर भन्नु भयो । आज तपाईंहरुको पार्टीले ठुलाठुला बम बिस्पोट गरेको छ बाहिर । हामिलाई भित्र लाग्यो प्रतीरोध स्वरुप पार्टीले जे गर्यो ठिक गर्यो तर परिस्थिति अर्कै भएको रहेछ बाहिर ।

जेष्ठ १३ गते बिहान म अलि छिटो उठेर फ्रेस भएर एक छिन के बसेको थिए पत्रीका बिक्री गर्ने मान्छे आइपुग्यो मैले नयाँपत्रीका मागे अर्काले कान्तिपुर र अर्कोले अर्को नेपालका सबै चर्चित रास्ट्रीय दैनिकहरु भित्र प्रबेश भए । सबै पत्रीकाकाको हेडलाईन थियो, काठमाडौंको विभिन्न स्थानमा बम बिस्पोट बिस्पोटमा परी बिप्लब नेकपाका कार्यकर्ताको मृत्यु । जब मैले हेडलाईन पढेर हेडलाईनको तलपट्टी प्रीय कमरेड महान, प्रज्वल, दिपेन्द्र, निरन्तरको तस्वीर राखिएको थियो त्यो तस्बिर लाई हेरे अनि हतास हतास गर्दै हतोत्साहित भएर सुतीरहेका कमरेडहरु बिरेन्द्र लुहार, मद्न चन्द, लागाएत लाई उठाए त्यसपछी हामी निकै रोयौ सम्झिसम्झि निकै रोयौ अन्तिममा हिरासतको बन्दी जिबनबाट लाल सलामका मुठ्ठीहरुले श्रद्धाञ्जली अर्पण गर्‍यौ ।।

सम्झनामा कमरेड महान :

उपत्यकाको कोर सिटी भन्दा अलि माथि फुलचोकी डाडाको काखमा सधै हाँसिरहने त्यो गोदावरी, त्यो प्यारो भारदेउ, लेले र नल्लु तिरको बस्तीमा सङ्गै हात समाएर हिडेको थिए । हाम्रो प्यारो जनमुक्ति सेनाको कमान्डर गोकुल राना कमरेड महान सङ्ग ! कमरेड महानको कार्यशैली क्षमता र कमान्डिङ्ग देखेर खुबै उत्साह आउथ्यो ।पार्टीको निती अनुसार हामिले एनरोइड फोन भिरेका थियनौ । कहिलेकाही उपयुुक्त समय मिलाएर सुचना हेर्न एनरोइड फोन चलाउथ्यौं । मैले कमरेड महानलाई भनेको थिए यदी तपाईंले फेशबुक चलाउनु भयो भने मलाई फ्रेन्ड रिक्वस्ट पठाउनु होला है भनेर ! उहाँले पनि निकै जोशिलो र मिठो स्वरमा हुन्छ कमरेड भन्नु भएको थियो । म विद्यार्थी फाटमा काम गर्थे त्यसैले म उहाँहरुबाट छुटे । जसरी एउटा सारङ्गीको तारबाट छुटेको भाबुक धुनले मान्छेलाई सोचमग्न बनाउछ त्यसरी नै कमरेड महान सङ्गको बिछोडले अहिले भाबबिहल बनाएको छ ।

उहाँबाट छुटेको केही महिना केही दिनपछी अर्थात २०७६ जेष्ठ १२ गते पार्टीको संघर्षको कार्यक्रमलाई दृढतापुर्बक कार्यान्वयन गर्ने प्रक्रियामा तपाईंहरुको शाहादत भएको खबर १३ गते दरबारमार्ग हिरासतबाट पत्रपत्रीकामा देखे पढे अनी म निकै भाबबिह्र्ल भए र हिरासतको बन्दी जिबनबाट मन मनै श्रद्धाञ्जली ब्यक्त गरे । १० दिनको हिरासत बसाई पछी छुटे अनि फेशबुक खोले तपाईंले हाइ (hi) भनेर पठाएको मेसेज देखे झन राए । कमरेड जनमुक्ती सेनाको कमान्डर सम्पुर्ण मुक्तिकामि जनताको लाल योद्धा बनेर हामीबाट टाढिनु भयो कमरेड महान । तर पनि उहाँ सङ्ग बिताएका सुन्दर पलहरु नजिक छन ताजै छन अझै पनि टाढिन सकेका छैनन् ।

सम्झनामा कमरेड प्रज्वल :

ए मेरो प्रीय सखा
जिबन संग्रामको यस दौरानमा 
एकै यात्राका सहयात्री हामि 
अहिले हाम्रो साथ तिमि नरहे पनि 
मुक्तिका लागी बिस्वभर लडिरहेका
योद्धाहरुको बिरतापुर्ण कथाहरुमा 
एउटा कथा तिम्रो पनि थपिने छ ।
– इच्छुक

क्रान्तिकारी विद्यार्थी आन्दोलनको इतिहासमा यस्ता धेरै विद्यार्थीहरुको इतिहास हाम्रो सामु बिद्यमान छ । जस्ले आफ्नो ब्याक्तीगत जिबनको प्रबाह नगरी जिबनको आहुति दिएका छन । त्यही आहुती दिने मध्येको अर्को नाम हो प्रज्वल आकर्षक जिउडाल, चक्लेटी अनुहार शुशिल व्यबहार भएको दिप जसरी प्रज्वलित भएको विद्यार्थी आन्दोलनको एउटा भर्भराउदो दियो हो प्रज्वल । बर्ग दुश्मनको विरुद्ध एक हातमा कलम र अर्को हातमा किताबकापी र बमबारुदको झोला बोकेर दलाल पुजीवादी सत्ताका विरुद्ध दृढतापुर्वक लड्दै हिडिरहेको शैक्षिक क्रान्तिको अग्रदुत पनि हो । संसदिय ब्यबस्थाका विरुद्ध गगनभेदी नाराहरु लगाउदा लगाउदै छुटेको थिए । कमरेड प्रज्वल सङ्ग २०७६ जेष्ठ १० गते रत्नपार्क बाट त्यहीँ दिन हामि गिरफ्तार भयौं । १२ गते पार्टीको संघर्षको कार्यक्रमलाई दृढतापुर्बक लागु गर्ने प्रक्रियामा तपाईंहरुले सहादत प्राप्त गर्नु भएको खबर १३ गते बिहान मात्र समाचारमा देखे पढे र निकै रोए ।

पहिले अली पहिले समय आन्दोलनकै थियो प्रसङ्ग आन्दोलनको क्रान्तीको थियोे । ठिक यसै बेला कमरेड प्रज्वल सङ्ग भेट भएको थियो। आन्दोलनकै प्रक्रियामा भेटेको आन्दोलनकै प्रक्रियामा छुटेको एउटा मान्छे । अब कहिल्यै उसलाई देख्न सक्ने छैनौं । बरु उस्का धुमिल यादहरु स्मृतिमा आइरहने छन । ऊ सङ्ग हिडेका थुप्रै रोचक यादहरु क्यानभासहरुमा सलबलाइरहने छन । ति रोचक यादहरु मध्ये १० गतेको जुलुसमा मेरो कानको नजिकै आएर जनहत्यारा केपि ओली सरकार मुर्दाबाद भन्नुस् भनेको अहिले जस्तै लाग्छ । नेपाल बन्दको समयमा कलन्कि तिर भारतीयहरुको गाडीलाई कार्बाही गरेको, चुनाव खारेजीको समयमा न्युरोडबाट प्राबिधिक सामान बोकेर हिड्दा हिड्दै किर्तिपुर पुगेको ।

प्रीय कमरेडहरु महान, प्रज्वल, दिपेन्द्र, निरन्तर, रामकुमारको मृत्यले सिङ्गो देश सिङ्गो पार्टीलाई दुखित बनाएको छ । यो दु:खान्त भित्र एउटा आदर्श एउटा बिद्रोह र बैज्ञानिक समाजबाद प्राप्त गर्ने सुन्दर सपना पनि छ । त्यो सुन्दर सपनालाइ साकार पारी छाड्ने प्रतिबद्दता व्यक्त गर्दछु । जन्म र मृत्यु स्वभाबिक प्रक्रिया हो । यो एउटा प्राकृतिक नियमपनि हो । परन्तु कोही मरेर पनि बाचीरहेका हुन्चन त कोहि बाचेर पनि मरीरहेका हुन्छन् । कसैको मृत्यु सगरमाथा हिमाल झैँ गहुङ्गो हुन्छ त कसैको मृत्यु सिमलको भुवा झैँ हलुँगो हुन्छ । सगरमाथामा हिमाल झै गहुङ्गो मृत्युबरण गर्ने नै मरेर पनि सदासर्बदा बाचिरहन्छन् । यस्तै मरेर पनि बाचिरहने योद्धाहरु हुनुहुन्छ कमरेडहरु महान, प्रज्वल, दिपेन्द्र, निरन्तर, रामकुमार ।

लेखक : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट अखिल (क्रान्तिकारी) केन्द्रीय सदस्य हुनुहुन्छ ।