बागेश्वरी बहुमुखी क्याम्पसमा वृहद अन्तरक्रिया कार्यक्रम

कोहलपुर, मध्यपश्चिम विश्वविद्यालय बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरमा शैक्षिक र प्राज्ञिक अन्तरक्रिया सम्पन्न भएको छ । उक्त कार्यक्रमका प्रमुख अतिथी तथा मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्द बहादुर सिंहले पानसमा वति बालेर उदघाटन गरेका थिए । कार्यक्रममा बोल्दै सिंहले मध्यपश्चिम विश्वविद्यालय लाई डिजिटल विश्वविद्यालय बनाउन लागेको जानकारी दिए । उनले मध्यपश्चिम विश्वविद्यालयलाई आजको २१ औं शताब्दीको विश्व प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गर्ने विश्वविद्यालयको परिकल्पना गरेको वताए ।

विश्वविद्यालयमा कार्यरत प्राध्यापक कर्मचारीले आफ्नो क्षमता वृद्धि गर्न र अनुसन्धानतर्फ अग्रसर भइ काम गर्न निर्देशन दिए । उनले मध्यपश्चिम विश्वविद्यालयले विश्वका ७० बढी देशका विश्वविद्यालयसंग एम ओ ई गरि ती विश्वविद्यालयका विद्यार्थी आफ्नो विश्वविद्यालय आएर अध्ययन गर्न र यस विश्वविद्यालयबाट पनि ती विश्वविद्यालयमा गएर अध्ययन गर्न सकिने वताए ।

उनले हाल विश्वविद्यालयमा २०७५ सालमा समायोजन हुने क्रममा रहेका तमाम समस्या मध्ये प्राध्यापक तथा कर्मचारी घटुवाको समस्या, अस्थायी करार प्राध्यापक तथा कर्मचारी लाई स्थायी गर्ने प्रक्रिया र लामो समयसम्म आंशिक रूपमा कार्यरत प्राध्यापक तथा कर्मचारीका समस्या लाई तत्काल समाधान गर्न आफू सकारात्मक भएको प्रतिवद्दता व्यक्त गरे । साथै स्थानीय सरकारले शिक्षामा लगानी गरे बागेश्वरी बहुमुखी क्याम्पसमा प्राविधिक धार र विज्ञान संकायको समेत अनुमती दिने प्रतिवद्दता व्यक्त गरे ।

कार्यक्रम बोल्दै विश्वविद्यालयका रजिस्ट्रार प्रा. डा. नारायण प्रसाद पौडेलले विश्वविद्यालय लाई आधुनिक बनाउन आफुहरु अग्रसर भएको वताए । उनले परिक्षा उत्तर पुस्तिकाको पारिश्रमिक बढेको, परिक्षा कार्यालयमा हुने काम १० आंगिक क्याम्पसमा समेत विकेन्द्रीकरण गरि काम गर्ने वताए । उनले प्राध्यापक कर्मचारीका माग प्रती आफू सकारात्मक भएको र समयमै परिक्षा भएर समयमै नतिजा प्रकाशन गर्ने कार्यमा आफुहरु लागि परेकाले आम विद्यार्थीका मागहरु पुराहुने प्रतिवद्द्ता व्यक्त गरे ।
कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाका नगर प्रमुख पुर्ण प्रसाद आचार्यले आजको वैज्ञानिक युगम आधुनिक विश्वविद्यालय बनाउनेतर्फ लाग्न विश्वविद्यालयका पदाधिकारी लाई अनुरोध गरे । उनले बागेश्वरी बहुमुखी क्याम्पसमा प्राविधिक धारका विषयको अनुमती विश्वविद्यालयले दिएमा नगरसरकार आर्थिक तथा भौतिक सहयोग गर्न तयार रहेको वताए । आफू कोहलपुर लाई शैक्षिक हव बनाउन गएकोले त्यसका लागि विश्वविद्यालयले सहयोग गर्न अनुरोध गरे । कार्यक्रम बोल्दै बागेश्वरी बहुमुखी क्याम्पसका पुर्व सन्चालक समिति अध्यक्ष तथा अधिवक्ता नरेन्द्र न्यौपानेले समायोजनम रहेका समस्या लाई तत्काल निराकरण गर्न अनुरोध गरे । राजनैतिक दल र दलका नेताको हरेक विश्वविद्यालयका हरेक काममा हातेमालो गर्ने र क्याम्पसमा अझै थप संकाय दिनुपर्ने कुरामा जोड दिए ।

कार्यक्रम बोल्दै स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष देवेन्द्र
बुढाले क्याम्पसका हरेक समस्या, अध्ययनरत विद्यार्थीका समस्या लगायत पाठ्यपुस्तकका समस्या परिक्षा प्रणाली लगायतका समस्याको उठाउन गरेका थिए ।

अन्तरक्रिया कार्यक्रममा आफ्ना भनाइ राख्दै प्राध्यापक संघका का वा अध्यक्ष जयकृष्ण न्यौपानेले प्राध्यापक र कर्मचारीका साझा माग राखेका थिए । अन्तरक्रिया कार्यक्रममा बोल्दै निवर्तमान विभागीय प्रमुख एकराज शर्माले विषयगत प्राध्यापक लाई जानकारी नदिएर विच शैक्षिक सत्रमा विषय हटाउने र राख्ने जस्ता तमाम समस्याको अन्त्य गर्नुपर्ने कुरामा अनुरोध गरे । उनले बागेश्वरी बहुमुखी क्याम्पसमा हाल ८-१० जना प्राध्यापकले विद्यावारिधि गर्दै गरेको र अधिकांशले एम फिल गर्दै गरेकोले अबको ५ बर्षमा क्याम्पसमा मुहार बदलिँने कुरा वताए । उनले उत्तरपुस्तिका परिक्षणको पारिश्रमिक र नतिजा प्रकाशनमा ढिलाइ नगर्न अनुरोध गरे ।

अभ्यास शिक्षणका विभागीय प्रमुख प्रमोद सुवेदीले निकै लामो समय सम्म काम गर्दै खासै उर्जा नथपिएको जानकारी गराए । उनले करार प्राध्यापक आंशिक प्राध्यापकका मागमा विश्वविद्यालय पदाधिकारी शिरीयस भएर काम गन अनुरोध गरे ।

कार्यक्रममा कर्मचारी संघका सभापति शिवरेग्मी, उप प्राध्यापक तोयानाथ पहाडी, पुस्करनाथ रिजाल, बाल कुमार शर्मा, रविन्द्र सुवेदी, मायाराम काफ्ले लगायतले अन्तरक्रियामा आफ्न जिज्ञासा राखेका थिए । उक्त कार्यक्रममा व्यवस्था संकायको एक करोड सत्र लाखमा बन्ने भवको उपकुलपतिले शिलान्यास गरेका थिए भने वि वि ए भवनको उदघाटन गरेका थिए । उक्त कार्यक्रममा विद्यार्थीबाट आएका हरेक प्रश्नको जवाफ उपकुलपतिले दिएको प्राध्यापक एकराज शर्माले जानकारी दिए कार्यक्रममा ।

कार्यक्रममा ग्र्याजुएट स्कुल अफ म्यानेजमेन्टका डिन प्रा डा दिप बहादुर रावल, योजना विकाश तथा अनुगमन निर्देशनालयका निर्देशक प्रा डा सि पि रिजाल, पाठ्यक्रम विकास निर्देशनालयक निर्देशक वीर बहादुर पौडेल तथा केन्द्रिय क्याम्पसका पृन्सिपल जसविर रोका सहितका पदाधिकारीको उपस्तिथि रहेको थियो । कार्यक्रममा विद्यार्थी पत्रकारको बाक्लो उपस्थित रहेको थियो । निवर्तमान क्याम्पस प्रमुझ शिशिर कुमार शर्माले स्वागत मन्तव्य दिएको कार्यक्रम क्याम्पस प्रमुख दान बहादुर हमालको सभापतित्वमा सम्पन्न भएको थियो भने कार्यक्रमको सहजीकरण खोपिराम वलीले गरेका थिए ।