त्रिभुवन माविका शिक्षक आन्दोलित, प्रहरी लगाएर आन्दोलन माथि दमन गर्नखोजेको आरोप

काठमाडौं, बाँकेको कोहलपुरमा रहेको त्रिभुवन नमुना माध्यामिक विद्यालयका शिक्षकहरु आन्दोलित भएका छन् ।

विद्यालय प्रशासनले दशकौं देखी अध्यापन गराउँदै आएका पार्टटाइम करार शिक्षकलाई वेवास्ता गर्दै पूर्णकालीन करार शिक्षकका लागी आवेदन खुल्ला गरेपछी शिक्षकहरु आन्दोलित भएका हुन । पहिलो दिन हातमा कालोपट्टी बाँधेर साँकेतिक बिरोध जनाएका शिक्षकहरुले चरणवद्ध आन्दोलनको चेतावनी समेत दिएका छन् ।

शिक्षकहरू हातमा कालो पट्टि बाँधेर आज पहिलो दिन शिक्षकहरुले आफुले कक्षा लिएका थिए । आन्दोलनलाई विद्यालयले गम्भिर रुपमा नलिए आन्दोलनको स्वरुप परिवर्तन हुन जाने र यसबाट पर्ने क्षतिको जिम्मेवार स्कुल प्रशासन तथा विद्यालय ब्यवस्थापन समितिले लिनुपर्ने अडान लिएका छन् ।

विद्यालयमा रहेका शिक्षकहरुलाई नै प्रयाप्त मात्रामा पिरेड नपुगीरहेको अवस्थामा बाह्य शिक्षक थपेर बिद्यालयमा आर्थिक भार बढाउन खोजेपछी आफुहरु आन्दोलित भएको शिक्षक ज्ञानेश्वर शर्माले बताए ।

अहिले विद्यालयमा ५७ जना शिक्षक कार्यरत रहेका छन ।  २८५ पिरियडमा २७४ पिरियड मात्र शिक्षकहरुले पाएको र अझै ११ पिरियड खाली छन् ।

यता आन्दोलनरत आंशिक शिक्षकहरुको मागलाई समर्थन गर्दै सबै शिक्षकहरुले कालो पट्टि बांधेर ऐकबद्धता जनाई रहेको अवस्थामा विद्यालय व्यवस्थापन समितीले प्रहरी लगाएर दमन गर्न खोजेको शिक्षकहरुले आरोप लगाएका छन् ।

आन्दोलन सम्पूर्ण शिक्षकहरुले एक विज्ञप्ति जारी गर्दैं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रतन बहादुर बुढाले शिक्षकहरुको शान्तिपूर्ण एवम सभ्य आन्दोलनलाई असफल बनाउन एवम दमन गर्न प्रहरी बोलाएर बल प्रयोग गर्न लगाएको बताएका छन् ।

साथै शिक्षकहरुले उक्त कार्यको घोर निन्दा तथा भ्रत्सना गर्दै  आफ्न माग पुरा नभएसम्म चरणबद्ध रुपमा आन्दोलन अघी बढने जानकारी दिएका छन् ।