टोपबहादुर रायमाझीलाई जिल्ला अदालत लगियो

काठमाडौं, नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका टोपबहादुर रायमाझीलाई जिल्ला अदालत काठमाडौं लगिएको छ ।

शनिबार साँझ पक्राउ परेका रायमाझीलाई आज सोरहखुट्टे प्रहरी चौकीको हिरासतमा लगिएको हो । उनीमाथि थप अनुसन्धान गर्नका लागि तीन दिनको समय माग गरिएको छ ।

प्रहरी भ्यानमा आएका रायमाझी उपस्थित मिडियाकर्मीलाई हात हल्लाउँदै जिल्ला अदालत प्रवेश गरेका थिए । नक्कली भुटानी शरणार्थी प्रकरणमा रायमाझीसँगै १३ जना पक्राउ परिसकेका छन् ।

तत्कालीन गृहमन्त्री थापाका छोरा प्रतीक थापा, कांग्रेस पूर्वसांसद आङटावा शेर्पा र सुरक्षा सल्लाहकार राईका छोरा निरज हाल फरार छन् ।