बाँकेकी सुमित्रारानी थारु हत्या प्रकरणको निष्पक्ष छानबिन गर्न क्रान्तिकारीको माग

नेपालगन्ज, मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट अखिल (क्रान्तिकारी) बाँकेले कोहलपुरकी सुमित्रारानी थारु हत्या प्रकरणको निष्पक्ष छानबिन गर्न माग गरेको छ ।

आईतबार सङ्गठनको तर्फबाट छात्रा बिभाग इन्चार्ज दिपा गुरुङद्धारा जारी प्रेस विज्ञप्तिमा नेपालगन्जको कैलपाल कलेजमा अध्ययनरत कोहलपुर नगरपालिका-६ कि २२ वर्षीया छात्रा सुमित्रारानी थारु निर्घात कुटपिट गरेर छातिमा धारिलो हतियार प्रहारबाट बीभत्स तरिकाले हत्या गरिएको अवस्थामा नेपालगञ्ज उपमहानगरपालिका – ९ श्रद्धानगरको आफ्नै डेरामा भेटिएको घटना सार्वजनिक भएको घटना प्रति सङ्गठनको गम्भीर ध्यानाकर्षण भएको बताइएको छ ।

उनले यस प्रकारका जघन्य अपराधको घटनाको निस्पक्ष छानबिन गरेर पिडितलाई उचित न्याय र दोषिलाई कडा कार्वाही गर्न समेत माग गरिएको छ ।

यस्तो छ विज्ञप्ती